गोपाल काफ्ले/ पथरी, १८ जेठ
लेटाङ नगरपालिकाको पर्यटन प्रवर्द्धन र अन्तरधार्मिक शान्ति पार्कको प्रचार गर्ने उदेश्यका साथ पथरी जेसिजले अवलोकन भ्रमण सम्पन्न गरेको छ । पथरी जेसिजले आफ्नो नियमित कार्यक्रम अन्तरगत जेठ ३ गते आईतवार तिन कार्क्रम सम्पन्न गरेको हो । जेसिजलाई थप मजबुत बनाउन “आन्तरिक पर्यटन प्रवर्द्धन”, “राष्ट्रिय नेतृत्वसँगको अन्तरक्रिया” र “सदस्यहरूबीचको आत्मीयताअभिवृद्धि” कार्यक्रम सम्पन्न गरेको हो ।

पथरी जेसिजले नेपालमै पहिलो अन्तरधार्मिक शान्ति पार्कको पहिलो संस्थागत भ्रमण यसै कार्यक्रम अन्तर्गत सम्पन्न गरिएकोहो । लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीसँगको उपस्थितिमा पथरी जेसीज परिवारले सो स्थलको भ्रमणगरी लेटाङको पर्यटन सम्भावनाबारे विस्तृत जानकारी लिएको छ ।
नगर प्रमुख लावतीले यो कार्यक्रमलाई लेटाङको पर्यटन प्रवर्द्धनका लागि संस्थागत रूपमा भएको पहिलो पहलका रूपमाउल्लेख गर्दै यस्ता कार्यले यहाँको पर्यटन क्षेत्रमा ठूलो भूमिका खेल्ने बताउनुभयो। उहाँले लेटाङमा अन्तरधार्मिक शान्ति पार्क, राजारानी पोखरी र गुवाबारीजस्ता आकर्षक पर्यटकीय गन्तव्यहरू रहेको पनि जानकारी दिनुभयो।

यसैगरी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई सिनेटर बिदुर कार्कीको शाखा भ्रमण कार्यक्रम पनि सोही दिनसम्पन्न भयो। राष्ट्रिय नेतृत्वको यस भ्रमणले शाखाका सदस्यहरूमा उत्साह थपेको र संस्थागत गतिविधिलाई थप ऊर्जा प्रदानगरेको बताइएको छ।
दिनको अन्तिम कार्यक्रमका रूपमा सहभोज एवं आत्मीयता अभिवृद्धि कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गरियो, जसमासदस्यहरूबीच आपसी सम्बन्ध र सहकार्यको भावनालाई थप सुदृढ पारिएको छ । पथरी जेसीजको यस सक्रिय पहलले लेटाङ क्षेत्रको पर्यटन विकास र सामाजिक उत्थानमा सकारात्मक योगदान पुर्याउनेअपेक्षा गरिएको छ।
















