४ जिपिए आईसालाई भृकुटीले एक लाख सहित सम्मान गर्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

४ जिपिए आईसालाई भृकुटीले एक लाख सहित सम्मान गर्यो

साइनो समाचारदाता, उर्लावारी/ २ जेठ
मोरङको‌ उर्लाबारी ७ मा रहेको भृकुटी मोडल एकेडेमीबाट 4 GPA ल्याउने आइसा चापागाईंलाई विद्यालयले नगद एक लाख सहित सम्मान गरेको छ । विद्यालयले अन्य विद्यार्थीलाई प्रत्साहन स्वरुप अन्य विद्यार्थीहरूलाई जनही ५ हजार नगदसहितसम्मान गरिएको छ ।

विद्यालय शनिबार एक विशेष कार्यक्रमको आयोजना गरि SEE उत्तीर्ण सम्पुर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । विद्यालयका कोओर्डिनेटर महेन्द्र बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयका प्रबन्ध निर्देशक अम्बरबहादुर काफ्ले र निर्देशक पवन भट्टराईले शुभकामना दिनु भएको थियो ।

SEE उत्तीर्ण विद्यार्थी, अभिभावक, शिक्षकहरूको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा सबै विद्यार्थीको नामसम्मिलित कविताबाट शिक्षक वीरेन्द्र अधिकारीले स्वागत एवम् शुभकामना दिनु भएको थियो । विद्यालयबाट SEE परिक्षामा सहभागि ३४  विद्यार्थीमा एक ४ GPA र अन्य ३३ जनाले ३.६ माथि GPA सहित सतप्रतिशत नतिजा प्राप्त गरेको छ ।

कक्षा १२ सम्म पढाई हुने विद्यालयमा Science, management, Hotel management पढाई हुदै आएको छ । ११/ १२ मा उत्कृष्ट नतिजा निकाल्दै आएको विद्यालयले पुर्वमा शैशिक क्षेत्रमा ठुलो योग्दान पुर्याउदै आएको अभिभावकहरु बताउछन ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कोओर्डिनेटर महेन्द्र खुलालले विद्यार्थी भाइबहिनी, अभिभावकको चाहाना अनुरुप र विश्व बजारमा विक्ने, टिक्ने गरि कक्षा ११ र १२ मा शिक्षण शिकाई हुदै आएको बताउनु भयो ।

बधाई तथा शुभकामना कार्यक्रममा विद्यार्थीहरुले हर्वउल्लासका साथ गायन, नित्य सहित विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक याम अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित खवर