रबिन्द्र बराल / रंगेली, १४ बैशाख
मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ९ स्थित पार्वती माध्यमिक विद्यालयमा शिक्षकहरूको पेशागत विकासका लागि ५ दिने कस्टमाइज्ड तालिम सम्पन्न भएको छ । वैशाख ८ गतेदेखि सुरु भएको उक्त तालिम १४ गते सम्म सञ्चालन भएको थियोे ।

आधारभूत तह तथा माध्यमिक तहका शिक्षकहरूको पेशागत विकासका लागि तालिमको आयोजना गरिएको हो। उक्त कार्यक्रमको शिक्षा तालिम केन्द्र कोशी प्रदेशका प्रशिक्षक राेस्टर प्रशिक्षक डाक्टर ओम प्रकाश सिंह, वरिष्ठ प्रशिक्षक अधिकृत शिक्षा तालिम केन्द्रका रेवन्त बहादुर बस्नेतले शिक्षकहरूको पेशागत विकासका लागि हरेक कुराको विषयमा तालिममा जानकारी गराएका थिए। तालिममा पार्वती माध्यमिक विद्यालय रत्न माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, पब्लिक माध्यमिक विद्यालय गरि जम्मा ८ बटा विद्यालयका शिक्षिक शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिकाका कार्यवाक मेयर भुमा पराजुली, कार्यकारी अधिकृत प्रदिप साह, शिक्षा अधिकृत लीला देवी ओझा, वडा अध्यक्ष चुडामणि रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र ढकाल, विद्यालयका प्रधानाध्यापक डाक्टर ओम प्रकाश सिंह, विद्यालयका शिक्षक लगायतको समेत उपस्थिति रहेको थियो।

सहभागीहरूले आफुहरुलाई यस्तो कार्यक्रमले आफ्नो सिपमूलक कुराहरुकाे विषयमा निकै नै जानकारी भएको र यस्तो प्रकारको तालिम अझै पनि आवश्यकता रहेको र आगामी दिनमा समेत यस्तो कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने साहभागीहरु बताएका छन् ।
















