कक्षा-११ र १२ का विद्यार्थीहरुलाई लक्षित उद्घोषण तालिम सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

कक्षा-११ र १२ का विद्यार्थीहरुलाई लक्षित उद्घोषण तालिम सम्पन्न

बेलबारी / ११ फागुन

श्री काली माध्यमिक विद्यालय, बेलबारी-९, डाँगिहाट मोरङले कक्षा-११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी ९ दिने उद्घोषण तथा भाषणकला सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

शैक्षिक सिकाईका अलवा अरतिरिक्त कृर्याकलाप प्राथमिक्ता दिदै आएको विद्यालयले आन्तरिक स्रोत साधन जुटाई तालिम सम्पन्न गरेको छ । फागुन २७ देखि चैत ६ गते सम्म संचालित उद्घोषण तथा भाषणकला सम्बन्धि अभिमुखीकरण तालिम विद्यालयका ३८ विद्यार्थी सहभागी थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री नगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका वार्ड नं. ९ का वडाध्यक्ष शालिग्राम बस्नेतले प्रमाण-पत्र वितरण गर्नु भएको छ ।  विद्यालयले आयोजना गरेको उद्घोषण तथा भाषणकला तालिम कार्यक्रममा शिक्षकद्वय सन्तोष थिङ लामा र तेजकुमार कार्कीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रम संयोजक विद्यालयका प्रधानाध्यापक नारायण कोइरालाले स्वागत मन्तव्य राख्दै विद्यालयले नियमित रूपमा हुने पाठ्यक्रमीय अलवा अतिरिक्त क्रियाकलापहरु बार्षिकरुपमा गर्दै आएको बताउनु भयो । उक्त कार्यक्रममा विद्यालय प्रसासनले २०८२ को SEE तथा कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको थियो ।

उद्घोषण तथा भाषणकला समापन तथा बधाई शुभकामना कार्यक्रममा विद्यार्थीहरुले साहित्यिक तथा साङ्गीतिक प्रस्तुति दिएका थियो।

सम्बन्धित खवर