साइनो समाचारदाता, पथरी । २९ फागुन
नगर भित्रका नीजी विद्यालय नगरको सम्पती रहेको रहेको पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोले बताउनु भएको छ । तुम्बापोले वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयको २९ औं स्थापना दिवस तथा २८ औं अभिभावक दिवसका अवसरमा बोल्दै बाल्मीकी स्कुल नगरकै एक अब्बल शैशिक संस्था रहेको बताउनु भयो । तुम्बापोले शैशिक क्षेत्रमा विद्यालयमा अध्यानरत विद्यार्थीले नगरको गौरव बढाएको बताउदै आगामी दिनमा समेत यो प्रकृया निरन्तर अगाडी बढाउन शुभकामना दिनु भयो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले प्रत्येक बर्ष उत्कृष्ट नतिजा निकाल्दै नगरको गोरव बढाउदै आएको छ । वाल्मीकि स्कुल SEE र कक्षा ८ को परिक्षामा 4GPA ल्याउने नगरको एक सफल शैक्षिक संस्था हो । विद्यालयले फागुन २७ र २८ गते विद्यालयको प्राङ्गणमा दुई दिने अभिभावक दिवसका कार्यक्रममा मनाउदै बर्ष भरि भएका शैक्षिक गतिबिधीहरुका उत्कृष्ट हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

कर्यक्रममा गायन, नृत्य, नाटक, चित्रकला प्रर्दशनी, पुस्तकालय साथ आदिकवि भानुभत्त आचार्यको विद्यार्थी उमेरलाई विद्यार्थीद्धारा झलकाईएको थियो । विद्यालयले २०६० र ६१ सालका SLC ब्याचका विद्यार्थीलाई सम्मान, शैशिक्ष सत्रमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र SEE र कक्षा ८ को परिक्षामा 4GPA ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । सोही अवसरमा विद्यार्थीहरुले प्रस्तुत गरेको देशभत्ती नृत्य र चेतनामुलक नाटक प्रस्तुत गर्दा अभिभावकको आखाँ रसाएको थियो ।

कार्यक्रममा विद्यालयले विद्यालयमा कार्यरत ६ जना अब्बल शिक्षक र कर्मचारीलाई जनही १०/१० हजारका दरले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । विद्यार्थीहरूको तर्फबाट छात्रा मिस्मिका ढकाल र अबिप्सा बिष्टले गहकिला शब्दमार्फत विद्यालय र अभिभावकको भूमिकाबारे आफ्ना विचार व्यक्त गर्नुभयो।
शिक्षिकाहरुको स्वागत नृत्यबाट प्रस्तुत कार्यक्रममा प्रिन्सिपल चन्द्र दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक विवेक न्यौपाने र मेलिना आचार्यले गर्नु भएको थियो । औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूले गायन, नृत्य, नाटक तथा र्याम्स प्रस्तुत गरी उपस्थित अतिथि र अभिभावकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

सास्कृर्तीक गतिबिधी सहित सुरु भएको कार्यक्रममा विद्यालयको बार्षीक प्रतिबेदन निर्देशक नवलकिसोर खनालले प्रस्तुत गर्नु भएको थियो । उद्घाटन सत्रका प्रमुख अतिथि वडाध्यक्ष नैना राईले विद्यालयले स्थापना कालदेखि हालसम्म हासिल गरेको प्रगतिले पथरी शनिश्चरेका नगरवासीलाई खुशी बनाएको बताउनुभयो। उद्घाटन सत्रका प्रमुख आतिथ्य पथरी शनिश्चरे नगरपालिका–२ का वडाध्यक्ष नैना राईको र बन्दसत्रका प्रमुख अतिथी पथरी शनिश्चरे नग प्रमुख मोहन तुम्बापोको आतिथ्यमा सम्पन्न भएको थियो ।



















