उमेदवार र संचाकर्मी संग निर्वाचन आयोगको आचारसंहिता सम्बन्धी छलफल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

उमेदवार र संचाकर्मी संग निर्वाचन आयोगको आचारसंहिता सम्बन्धी छलफल

साइनो समाचारदाता/ पथरी, २१ माघ
निर्वाचन आयोग मोरङ क्षेत्र नं. ३ ले आयोगको कार्यलय बेलबारीमा निर्बाचन आचारसंहिता सम्बन्धी छलफल गरेको छ । मोरङ क्षेत्र नम्बर ३ अन्तरगत निर्बाचन अधिकृतको कार्यलय बेलबारीमा बुधबार दिउँसो निर्बाचन आचारसंहिता सम्बन्धी बृहत छलफल भएको हो ।

उम्मेदवार, सुरक्षा निकाय, प्रशासन र सञ्चारकर्मीहरुलाई लक्षित गरि निर्बाचन आयोगले लागु गरेको आचारसंहिता भित्र रहेर चुनाव प्रचार गर्न निर्देशन दिएको छ । छलफलमा जिल्ला प्रशासन कार्यलय मोरङका प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख, अन्य सुरक्षा निकायका प्रमुखहरुले क्षेत्र नम्बर ३ का उम्मेदवार, प्रतिनिधिहरु र सञ्चारकर्मी संग निर्वाचन सफल बनाउन छलफल गर्नु भएको थियो ।

आयोगले निर्वाचनका लागि सबै प्रकृया पुरा गरेकाले निर्बाचन आचारसंहिता भित्र संचारकर्मी र दलहरु रहन अनिवर्य रहेको जिल्ला प्रशासन कार्यलय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनु भयो । निर्वाचनका लागि सम्पुर्ण सुरक्षा दलहरुले तयार भै सकेका कारण भव रहित तरिकाले निर्वाचन आचारसहिंता भित्र रहेर सर्वसाधारण जनताले निर्वाचनमा सहभागि हुन जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख कवित कटुवालले बताउनु भयो ।

सम्बन्धित खवर