विज्ञान प्रदर्शनीमा काली मा विको अप्टिकल फाइबरको आधुनिक दूरसञ्चारको चर्चा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

विज्ञान प्रदर्शनीमा काली मा विको अप्टिकल फाइबरको आधुनिक दूरसञ्चारको चर्चा

साइनो समाचारदाता, ८ माघ
“सिर्जनशील हात¸वैज्ञानिक सोच: विद्यार्थीको प्रगतिको नयाँ खोज” भन्ने नाराका साथ मोरङको बेलबारी नगरपालिकाले ३ दिने विज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ । लक्ष्मी माध्यमिक विद्यालयको प्रङगणमा माघ ६ देखि ८ गते सम्म सञ्चालन भइरहेको प्रदर्शनीमा नगर भरिका निजी तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

प्रदर्शनी कार्यक्रम नगर भित्रका विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका विज्ञानका सामग्रीहरु प्रदर्शन गरेका छन । विद्यार्थीहरुले निर्माण गरेका सामानहरु आकर्षक र सिर्जनशीलता उजागर हुने खालको देखिएको छ । प्रदर्शनीमा बेलबारी ९ डाँगिहाट स्थित काली माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रदर्शनीमा राखेको अप्टिकल फाइबरको आधुनिक दूरसञ्चारको प्रोजेक्टले अकर्षण बढाएको छ । प्रदर्शनीमा रहेको आधुनिक दूरसञ्चारले राष्ट्रिय तथा विश्वको सञ्जालको व्यवहारिक ज्ञान दिने शिक्षक तेज कार्कीले बताउनु भयो । उत्त प्रोजेक्ट निकै प्रभावकारी रहेको अवलोकनकर्ताहरु बताउछन ।

प्रदर्शनीमा राखिएको उक्त प्रोजेक्टमा हस्तकलाको सदुपायोग गरी बिश्व नक्सा चित्र भित्र नेपालको नक्सा तयार गरी स्तरीय रङरोगनका साथ अप्टिकल फाइबर केवल जडान गरि तयार पारिएको छ । पहिलो भागमा बिश्व नक्सा चित्रमा टाएर-१ कम्पनीहरुले महासागरहरुको पानी मुनि जमिनको सतह भएर बिच्छाइएको अप्टिकल फाइबर केवलले महादेशहरुलाई एक अर्कामा इन्टरनेट माध्यमले जोडाउन गरेको छ । टाएर-१ कम्पनिहरुले टाएर-२ कम्पनीहरुलाई देशमा इन्टेरनेटसेवा प्रदान गर्ने प्रकृया फाइबर केवल, डिजिटल लाईट र “Fluid And Air Bubble Flow Under Air Pressure” प्रयोग गरी सरल तवरले बुझाउने गरी निर्माण भएको छ ।

दोश्रो भागमा सन् १९९५ मा नेपालकै पहिलो बिस्तार नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोग गरेको अप्टिकल फाइबरको जग बसाउने कार्यलाई प्रस्तुत गरिएको छ । नेपाल बिधुत प्राधिकरणले आफ्नो प्रयोगको लागि हाइटेन्सन ट्रान्समिसन पोल माथिबाट बिस्तार गरेको अप्टिकल फाइबर देशको आधुनिक टेलिकम्युनिकेशनको मेरुदण्ड भएको देखाएको छ । अवलोकनकर्ताले बुझ्ने बिधि प्रयोग गरी प्रस्तुत गरेकाछन् । उत्त अप्टिकल फाइबर उच्च डेटा ट्रान्सफर क्षमता, लामो दुरीसम्म कमहानी, सुरक्षित साथै विश्वसनीय र हल्का हुनाले आधुनिक टेलिकम्युनिकेशनमा अप्टिकल फाइबरको भूमिका हाल प्रयोगमा रहेको अत्याधुनिक दूरसञ्चारमा अपरिहार्य रहेको प्रस्तोता विद्यार्थीहरुले बताएका छन्।

सम्बन्धित खवर