इन्ट्रा पथरी ११ सेमिफाईनलमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

इन्ट्रा पथरी ११ सेमिफाईनलमा

गोपाल काफ्ले/पथरी, २४ पुस/ मोरङको इन्ट्रा पथरी ११ तेस्रो पुष्पाञ्जली नकआउट फुटवल प्रतियोगिता सेमिफाईनलमा प्रबेश गरेको छ । पथरी ११ ले सुनसरीको तालतलैया फुटवल क्लवलाई ट्राईबेकरमा ४- १ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको हो ।

निर्धारीत समय १/१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय ट्राईबेकरबाट लिएको थियो । ट्राईबेकरमा गोल गर्न नस्कदा तालतलैया सुनसरी पहिलो खेलबाटै बाहिरिनु परेको हो । खेलको अग्रता भने तालतलैयाले लिएको थियो । निकै प्रतिस्पर्दात्मक खेमा दुबै गोल पहिलो हाफमा भएको थियो । खेलको २४ औं मिनेटमा तालतलैया सुनसरीका लागि एलिस कुमार श्रेष्टले गरेका थिए । श्रेष्ठले कनर एरियाबाट पाएको बललाई हेडमार्फत सुन्दर गोल गर्न सफल भए । तालतलैया सुनसरी अग्रता एक मिनेट टिक्न नपाउदै पथरी ११ का निरज परियारले गोल गर्दै खेल बराबरीमा पुर्याए । परियारले गोलरक्षक विसाल दर्लामीले निकालेको पासमा वान भर्सेस वान गोल गरेका थिए ।

दोस्रो हाफम कुनै पनि टिमले गोल गर्ने सकेन्न खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा इन्ट्रा पथरी ११ का मन्जिल खड्का, निरज परियार, युकेश तामाङ र संजय लिम्बुले गोल गरे भने तालतलैयाका सविन घिमिरेले मात्र गोल गरे । आरोस चौधरीको प्रहार बाहिरिएको थियो भने अन्जान प्रधानको प्रहार पथरी ११ को गोल रक्षक विसाद दर्लामीले सेभ गरेका थिए ।

खेलको म्यान अफ दि म्याच इन्ट्रा पथरी ११ का गोल रक्षक विशाल दर्लामी घोषित हुदै नगद २ हजार प्राप्त गरे । भोलि शुक्रबारको अन्तिम क्वाटर खेल आयोजक पुष्पाञ्जलि फुटवल क्लव मोरङ र हिमालय स्पोट क्लव मिक्लाजुङ बिच हुनेछ ।

तेस्रो पुष्पाञ्जली नकआउट फुटवल प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजारका साथ मेडल ट्रफि प्राप्त गर्ने छन । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ पुष्पाञ्जलि फुटवल क्लवको आयोजना पुस २२ गते देखि सुरु भएको हो । प्रतियोगिताको फाईनल पुस २९ गते हुने छ । प्रतियोगिताको मुख्य प्रायोजक मुस्ताङ वियरले गरेको छ भने प्रायोजनकमा अर्जुन खड्का र बेलबारी नगरपालिका वडा नं. १०, सृजना सामुदायिक बन, सिंहदेवी सामुदायिक बनले रहेको छ ।

सम्बन्धित खवर