खुलेन पथरी - कानेपोखरी सडक, पुल धस्सिएपछि यात्रुहरु डब्बल भाडा तिर्न बाध्य - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

खुलेन पथरी – कानेपोखरी सडक, पुल धस्सिएपछि यात्रुहरु डब्बल भाडा तिर्न बाध्य

गोपाल काफ्ले/पथरी, २२ पुस 
तिन दिन सम्म पनि खुलेन पथरी – कानेपोखरी सडक । तिन दिन सम्म बैकल्पिक मार्ग तयार नभएका कारण  यातायातहरु २५ किलोमिटर बाटो घुम्न बाध्य भएका छन भने यात्रु महङ्गो भाडा तिर्न बाध्य रहेका छन । जुन सुकै परिस्थिती आए पनि मुलत मुख्य राजमार्ग बन्द गर्न नपाइने भए पनि चाईना रेल्वो कन्ट्रक्सन कम्पोरेसनबाट कामको जिम्मा पाएको  टुण्डी कन्ट्रक्सनले पथरी – कानेपोखरी सडक तिन दिन देखि बन्द गरेको छ ।

पुस बाध्य २० गते साँझ एसियन हाइवो निर्माणको क्रममा पुल स‌ग पिच धस्सिए पछि पथरी – कानेपोखरी सडक बन्द भएको थियो । मोरङको पथरी शनिश्चरे १० स्थीत डाँस मोरङ्गी खोलाको पुलको किनारा संगै पिच धस्सिएपछि यातायात जाँते लेटाङ हुदै कानेपोखरीको २५ किलोमिटर बाटो घुम्नु परेको छ ।  पथरी – कानेपोखरी सडक अवरुद्ध भए पछि यात्रु मारमा परेका छन । बाटो अवरुद्ध भए पछि यात्रुहरुले महङ्गो भाडा तिर्नु हो । पथरी – कानेपोखरी खण्ड अवरुद्ध भए पछि एक यात्रु बापत ५० रुपयाँ भाडाँ बढि तिर्नु परेको हो । करिव आधा घण्टा  बढि समय  र डब्बल भाडा तिर्न यात्रुहरु बाध्य  बनेका छन ।

तिन दिन बितिसक्दा पनि बैकल्पिक बाटो तयार हुन सकेको छैन । जाँते लेटाङ सडकमा ढाट राखि कर उठाउदै आएकाले समेत यात्रु र यातायात मारमा परेका छन । यस्तो अवस्थामा त्यसरी ढाट लगाएर कर उठाउन नहुने एसियन हाइवो सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताउनु हुन्छ । काम गर्ने क्रममा यस्तो अवस्था आएको हो, भोली सम्ममा सम्पन्न हुने प्रजापतीले बताउनु भयो । बैकल्पिक बाटो बनाउने काम धमाधम भैरहेको  र अवरूद्व भएको बाटोमा दुई पाङ्ग्रे यातायात सुचारु रहेको प्रजापतीले बताउनु भयो । भोली देखि  चार पाङ्ग्रे सवरी साधन पनि सुचारु हुने उहाँको भनाई छ ।

 पुर्व पश्चिम गर्ने सवारी साधन पथरी  बजार र कानेपोखरी चोकबाट डाइभर्सन गरि लेटाङ र जाँते हुदै संचालनमा आएको छ । लामो दुरि घुम्नु परेको र बाटोमा कर तिर्नु परेकोले भाडाँ बढेको यातायात संचालक बताउछन । यता यात्रु भने आयोजना ठेक्केदार कम्पनिको लापरवाहीले अनाहकमा बढि भाडा तिर्नु परेको गुनासो गर्ने गरेका छन् ।

जोखिमका कारण थप क्षति नहोस भनि यातायात पुर्ण रुपले बनेद गरेको एशियन हाइवे सितापुरी – गोठगाउँ सडक खण्डका हेल्थ एण्ड सेफ्टी इन्चार्ज विपुल पोखरेलले जानकारी दिएका छन् । पुलको एरियामा दलदल र भाँसिने जमिन भएकोले अर्को वैकल्पिक बाटो निर्माण गर्न समस्या भएको पोख्रेलले बताए । पुल र सडक धसिए संगै इलाका प्रहरी कार्यालयले सर्वसाधारण तथा सवारी साधन धनी, चालकलाई सूचना गर्दै नयाँ रुट सञ्चालनमा सडकै खटि रहेको छ  ।

 झापाको सितापुरि देखि मोरङको गोठगाँउ सम्मको ४८ किलोमिटरको काम टुण्डी कन्ट्रक्सनले सवाँ नौ अर्वमा सम्पन्न गर्ने जिम्मा पाएको हो । एसिया महादेशका ३२  वटा राष्ट्रलाई जोड्ने गरि सुरु भएको एसियन हाईवो अन्तरगत पुर्व पश्चिम महेन्द्र राजमागर्गलाई स्तरउन्नतिको काम चाईना रेल्वो कन्ट्रक्सन कम्पोरेसन CRCC ले जिम्मा लिएको थियो । पुर्व मेचीको काकरभिट्टाबाट लौकही सम्मको १२० किलो मिटर काम तिन सडक खण्ड धमाधम भैई रहेको छ । तिन बर्षमा काम सम्पन्न गर्ने गरि चाईना रेल्वो कन्ट्रक्सन कम्पोरेसन ३५ अर्बमा पुल सहितको जिम्मा पाएको थियो ।

नेपाल सरकार (सडक विभाग / परियोजना कार्यालय) र एसियाली विकास बैंक (ADB) को वित्तीय सहयोगमा एसियन हाइवोको काम सम्पन्न गर्ने सम्झौता भएको हो । २०८० माघ १९ मा सुरु भएको आयोजना ३५ प्रतिसत काम सम्पन्न भएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनु भयो । समयमै काम सम्पन्न हुने र ५ बर्षाको मर्मत समयमा सम्पुर्ण काम सम्पन्न हुने प्रजापतीले बताउनु भयो ।

सम्बन्धित खवर