इन्ट्रा पथरी ११ सेमिफाइनल प्रबेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

इन्ट्रा पथरी ११ सेमिफाइनल प्रबेश

गोपाल काफ्ले/ पथरी, १५ पुस 
पथरी ११ फुटवल क्लब बेलबारीमा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको सेमिफाइनलमा प्रबेश गरेको छ । सोमबारको खेलमा पथरी ११ फुटबल क्लबले धरान सिटी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा अग्रता भने धरानले लिएको थियो ।

खेलको ६ मिनेटमा धरानका सिटीका मदन लाबुङले उत्कृष्ट हेड गर्दै गोल गरेका थिए । धरानको अग्रता भने धेरैबेर रहन सकेन । खेलको ११ औं मिनेटमा इन्ट्रा पथरी ११ का क्याप्टेन युकेस तामाङले गोल गर्दै खेल बराबरीमा पुर्याए । तामाङले सौर्य राउत र संजय लिम्बुले निकालेको वान भर्सेस वान पासमा उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा खेलेको धरानले खेलको ४६ औं मिनेटमा दोस्रो गोल खान पुग्यो । धरान सिटीले इन्ट्रा पथरी ११ का मन्जिल खड्कालाई फल गरे पछि पाएको फ्रि किक नै पथरी ११ का लागि दोस्रो चरणको ठोका खुल्यो । पथरी ११ का न्युचन धिमालले प्रहार गरेको फ्रिकिकलाई क्याप्टेन युकेस तामाङले निकालेको पासमा मिक्चेन दासले उत्कृष्ट निर्णायक गोल गरे । खेलमा अग्रता लिएको धरान सिटीले लय गुमाउदा घर फर्कनु पर्यो ।

खेलको‘म्यान अफ द म्याच’ पथरी ११ का टिम क्याप्टेन युकेश तामाङ घोषित हुदै नगद २५ सय प्राप्त गरे । आजको खेल आयोजक संगम स्पोटिङ क्लव लक्ष्मिमार्ग र ध्रुवतारा स्पोटिङ क्लव दमक विच हुने छ । मेमोरियल कपको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, उत्कृष्ट फर्वार्ड, राइजिङ प्लेयर, सर्वाधिक गोलकर्ताको पुरस्कार बेलबारी–११ निवासी हिरा कुमारी श्रेष्ठ प्रदान गर्नु भएको छ ।

प्रतियोगिताको विजेतले नगद एक लाख एक हजार एक सय एघार र उपविजेताले एकाउन्न लाख एक सय एघारका साथ मेडल ट्रफि प्राप्त गर्ने छन । खेत पुस १३ देखी २० गते सम्म संचालन हुने छ । प्रतियोगिता संगम स्पोर्टिङ क्लबको आयोजितमा सुरु भएको हो । बेलबारी ११ मा रहेको संगम स्पोटिङ क्लवको खेल मैदान जारी प्रतियोगितामा इन्ट्रा पथरी ११, धरान सिटि धरान, आयोजक संगम स्पोटिङ क्लव बेलबारी, तालतलैया फुटवल क्लव ईटहरी, ध्रुव तारा स्पोटिङ क्लव दमक, डाँगीहाट फुटवल क्लव बेलबारी, मोतिराम स्पोटिङ क्लव विराटनगर र एम एफ सि ईलाम सहित आठ टिम सहभागि रहेका छन ।

सम्बन्धित खवर