गाई पालनमा रमाउदै युवराज, मासिक पचास हजार आम्दानी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

गाई पालनमा रमाउदै युवराज, मासिक पचास हजार आम्दानी

गोपाल काफ्ले/पथरी, ४ पुस
मोरङको उर्लाबारी–२ भुसिका युवराज तिवारीले तिन लाखबाट सुरु गरेको फार्म अहिले एक करोड हाराहरीको छ । नेपालमै केहि गर्ने उदेश्यका साथ आठ बर्ष अगाडी तिवारीले एउटा कुखुराको फर्म खोलेका थिए ।  शुरुमा १ सय ५० कुखुराबाट शुरु भएको फर्ममा अहिले १५ वटा होलिस्टेन गाई र १५ सय भन्दा बढि बोइलर कुखुरा छन ।

विदेशलाई त्यागेर नेपालमै कृषी पेशा अंगालेका तिवारीले यो अवस्था सम्म आईपुग्न जीवनका धेरै सपनाहरू पसिना सँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरु सुरुमा धेरै समस्या भोग्नु परेको थियो । गोठ र घरको समर्पुण खर्च कटाएर मासिक चालिस/पचास हजार आम्दानी गर्ने तिवारी गाँउमा परिवारका साथ हासिखुसी जिवन विताई रहेका छन । कुखुरा संगै गाई पालनमा लागेका किसान युवराज तिवारीले अहिले गाँउमै सफल्ता हासिल गरेका छन । गाँउमै केहि गर्ने उदेश्य साथ पशुपालनमा लागेका तिवारीको बिहान–बेलुकाको दैनिकी नै फेरिएको छ ।

विहानको झिस्मीस्मै ५ किलोमिटर टाढा पथरी बजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्यान छोड्नु पर्ने बताउछन । बिहान ३ बजे गाईको गोठमा पसेका तिवारी ५ बजे दुधको क्यान संगै पथरी बजारमा भेटिन्छन्  । गोठमा नौ ओटा दुहुना, दुई ओटा ब्याउने सहित १५ ओटा गाई बस्तु छन् । गोठ नजिकैको फममा १५०० बढि बोइलर कुखुरा छन् । गोठमा भएका गाईले दैनिक ७० लिटर भन्दा बढी दूध दिन्छ । तिवारी दुध बिक्रीका लागि बिहान ५ बजे र बेलुका ४ बजे पथरी बजारमा पुग्ने गरेका छन् । युवराज तिवारीले आठ वर्ष अघि देखेको एउटा सानो सपना पुरा हुदै गएको छ ।  बोइलरबाट मात्र सोचे जस्तो आम्दानी नभए पछि तिवारीले तिन वर्ष अघि तिन लाख खर्च गरेर गाईको गोठ बनाए ।

सुरुवाती दिनमा न त ठूलो पूँजी थियो न त ठुलो अनुभव तर आत्मविश्वासका साथ “केही गरेर देखाउने” सोच बोकेका युवराजका यात्रा कहिल्यै थाकेन्न । श्रीमति र दुई छोरीको साथ पाएका युवराजले गाँउमै सफल्ता हासिल गर्दै आएका छन् । श्रीमती चन्द्रकला बिहान श्रीमान सँगै दूध दुहुन, खोले पकाउन, कुटी काट्न गोठमा लाग्छिन । वि वि एस अध्यानरत दुई छोरीहरू कुखुराको स्याहार र दाना, पानी तिर लाग्छन । पढाई संगै छोरीहरु बाबा आमाको आधुनीक पशु पालनमा खुसी छन् । बाबा आमाको मेहेनतका कारण आज दुई छोरीले उच्च शिक्षा हासिर गर्न सकेको बताउछन ।

तिवारी बिहानको झिस्मिसेमा गोठमा हुदा गाँउलेहरू निद्रामा हुन्छन् ।  प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुगेका युवराजलाई क्यानमा भरिएको दुधले नयाँ ऊर्जा दिन्छ।  तिवारी मुस्कुराउँदै भन्छन् “दूध बेच्ने बेला सुत्न पाइन्न, बेलुका पनि बजार पुग्नै पर्छ, तर थकिद भएका बेला “ग्राहकले दिने प्रतिक्रीयाले थप काम गर्न उर्जा मिल्छ” । कृषीमा सफल्तापाउदै गरेका तिवारीबाट धेरै किसानलाई उर्जा मिलेको छ । पहिला पहिला २-३ सय कुखुरा हुर्काउन गार्हो हुने तिवारीका फर्ममा आज १५०० भन्दा बढी चल्ला हुर्किरहेका छन् । पहिला पहिला यस्ले के गरेको भन्ने गाँउलेहरु पनि आज भोली उनको प्रगतिको तारिफ गर्दै केहि सिक्न आउँने गरेका छन ।

सरकार पक्षबाट कुनै पनि अनुदानको आशा नराखेका तिवारीलाई यति बेला भने समस्या थपिदै गएको छ । समयको बचत र कामको भार कम गर्न भए पनि दुध दुहुने मेसिन आवस्यक्ता परेको बताउछन ।  नगर र वडाबाट अनुदानमा पाए केहि सहज हुने आशा तिवारीले राखेका छन । बस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दाना संबन्धी ज्ञान, गोठ साफ गर्ने तरिका, आधुनीक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउछन ।

सम्बन्धित खवर