गोपाल काफ्ले /पथरी, ४ पुस
बाल्मिकी, एभरेष्ट, न्यू पेगोडा र पेगोडा मोडल अन्डर १५ नगर स्तरीय प्याब्सन प्रेसिडेन्ट कप फुटवल प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेका छन् । आज भएको अन्तिम खेलमा बाल्मिकीले रेड स्टारलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आजै भएको अन्य ३ खेलमा एभरेष्टले बालजागरण, न्यू प्यागोडाले भुपु सैनिक र प्यागोडा मोडलले अरुणद्वोय बोडिङलाई पराजित गर्दै सेमि फाईनलको यात्रा तय गरेको छ ।

भोलि हुने पहिलो सेमिफाईनल खेलमा न्यू पेगोडा र पेगोडा मोडल विच हुने छ भने दोस्रो सेमिफाईनल खेल बाल्मिकी मेमोरियल र एभरेष्ट बोडिङका विच हुनेछ । पहिलो र दोस्रो खेलका विजेताले भोलि नै उपाधिका लागि प्रतिस्पर्दा गर्ने छन् । प्रतियोतिताको विजेता विद्यालय जिल्ला प्याब्सन प्रेसिडेन्ट कपका लागि छनोट हुनेछ ।
प्याब्सनको कार्यतालिका अनुसार ग्रासरुटबाट फुटवल खेलाडी उत्पादन गर्ने उदेश्यका साथ संचालन भएको फुटवल प्रतियोगितामा पथरी शनिश्चरे नगर भित्रका १८ ओटा निजि विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगर कमिटिको आयोजनामा पुस ३ देखि ५ गते सम्म संचालन भै रहेको छ । प्रतियोगिता पथरी शनिश्चरे १ जाँते मोड स्थित दिपेन्द्र स्मृती खेल मैदानमा संचालन भै रहेको छ ।

















