शिक्षालय र उद्योगबीच अप्रेन्टिसीप कार्यक्रम सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

शिक्षालय र उद्योगबीच अप्रेन्टिसीप कार्यक्रम सम्पन्न

रबिन्द्र बराल/ २ पुस बिहीबार
कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको आदर्श उच्च माध्यमिक बिधालयमा “औद्योगिक प्रशिक्षार्थी कार्यक्रम नै अवको भविस्य भन्ने मुल नाराका साथ एक कार्यक्रमको आयोजना गरिएको छ। आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनको आयोजनामा शिक्षालय र उद्योगबीच सञ्चालन हुँदै आएको अप्रेन्टिसीप कार्यक्रमको समीक्षा तथा छलफल कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।

कार्यक्रममा शिक्षालय–उद्योग सहकार्य, अप्रेन्टिसीप कार्यक्रमको प्रभावकारिता तथा यसको दीर्घकालीन महत्वका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान श्रम बजारको आवश्यकताअनुसार दक्ष र व्यवहारिक जनशक्ति उत्पादन गर्न अप्रेन्टिसीप कार्यक्रम अत्यन्त प्रभावकारी माध्यम भएको बताए । सिटिईभिटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले यस्ता कार्यक्रमले उद्योगको सीप माग र युवाहरूको क्षमताबीचको अन्तर घटाउन महत्वपूर्ण भूमिका रहेको बताए ।

इन्स्योर परियोजना कोशी प्रदेश प्रमुख विकास पन्थीले उद्योग, शिक्षा र सीप विकासबीचको सम्बन्धलाई व्यवहारिक रूपमा सुदृढ बनाउन यस्ता साझा कार्यक्रमहरू आवश्यक रहेको र सो अवसरमा उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग–शिक्षा सहकार्य, उत्पादकत्व अभिवृद्धि तथा सीप विकाससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालय र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारीमुखी तथा जीवनोपयोगी सीप प्रदान गर्न अप्रेन्टिसीप कार्यक्रम प्रभावकारी रहेको र विद्यालयले उद्योगको आवश्यकता अनुसार पाठ्यक्रम तथा कार्यक्रम सञ्चालन गर्दै दक्ष, अनुशासित र आत्मनिर्भर जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । साथै उहाँले स्वीस सरकार, नेपाल सरकार, इन्स्योर परियोजना, उद्योग प्रतिष्ठानहरू तथा विद्यालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। अप्रेन्टिसीप कार्यक्रम संयोजक तथा आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानले अप्रेन्टिसीप कार्यक्रमले लक्षित वर्गहरूको जीवनस्तर उकास्न विशेष योगदान पुर्‍याएको बताउनुभयो।

उहाँले यस कार्यक्रमले कक्षाकोठा र उद्योगलाई नजिक ल्याउनुका साथै अप्रेन्टिसीप अन्तर्गत अध्ययन गरेका अधिकांश प्रशिक्षार्थीहरू हाल रोजगारीमा संलग्न रहेको तथ्य प्रस्तुत गर्नुभयो।कार्यक्रममा एक विशेष प्रेरणादायी सत्रसमेत सञ्चालन गरिएको थियो जहाँ रत्नबहादुर बुढाले युवाहरू तथा अप्रेन्टिसहरूलाई करियर लक्ष्यप्रति केन्द्रित रहन, निरन्तर परिश्रम गर्न र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिनुभयो। साथै अप्रेन्टिसीप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै ३० भन्दा बढी आई.टी. संस्थाहरू, विभिन्न उद्योग प्रतिष्ठानहरू तथा इन–कम्पनी प्रशिक्षकहरूलाई आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनद्वारा धन्यवाद तथा सम्मानपत्र प्रदान गरिएको थियो।कार्यक्रम आदर्श अप्रेन्टिसीप अलुमनाई एशोसिएसनका अध्यक्ष विक्रम साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित खवर