अक्पाल प्लान्टबाट समुदाय जोखिम्मा, प्लान्ट बन्दको माग गर्दै कानेपोखरीका स्थानीयको विरोध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अक्पाल प्लान्टबाट समुदाय जोखिम्मा, प्लान्ट बन्दको माग गर्दै कानेपोखरीका स्थानीयको विरोध

कानेपोखरी, २८ मंसिर । मोरङको कानेपोखरी गाउँपालिका–५ मा सञ्चालित अक्पाल प्लान्टबाट फैलिएको प्रदूषणका कारण गाउँबस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका छन् । २५/३० बर्ष देखि बसेको बस्ति, खोला र विद्यालय नजिकै अक्पाल प्लान्ट (अलकत्र पोल्ने मेसिन) राखे पछि समुदायमै त्रास फैलिएको छ ।

https://www.facebook.com/share/v/1Dqbx8iyWe/?mibextid=wwXIfr

स्थानिय वृद्व वृद्वाहरु अक्पाल प्लान्ट संचालन हुदा गाँउ छोडेर छोरिको घर जान बाध्य भएको बताउछन्  । सचेत नागरिक समूहको अगुवाइमा स्थानीयवासीले वातावरणीय न्यायको माग गर्दै उक्त प्लान्टले मानव स्वास्थ्य, पशुपन्छी तथा पर्यावरणमा गम्भीर असर पुर्‍याइरहेको बताएका छन् । प्लान्टबाट निस्कने धुवाँ, धुलो र अन्य प्रदूषक तत्वका कारण श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको र पशुपन्छीसमेत प्रभावित भइरहेको सचेत नागरिक समूहका सचिव नविन राईले बताए ।

सचेत नागरिक समूहका अगुवा आनन्द राईका अनुसार वि. एण्ड. वि कन्स्ट्रक्सनले २०७८ सालमा उक्त क्षेत्रमा अक्पाल प्लान्ट स्थापना गरेको हो । बस्तीबाट करिब ५० मिटरको दूरीमा रहेको यस प्लान्टले निरन्तर प्रदूषण फैलाउँदै आएको भन्दै बस्ती, मानव स्वास्थ्य, पशुपन्छी र वातावरण संरक्षणका लागि प्लान्ट हटाउनुपर्ने माग गरिएको छ ।

https://www.facebook.com/share/v/1MHkVf6Mcm/?mibextid=wwXIfr

स्थानीयवासीले वायुप्रदूषण फैलाउने उद्योग बस्ती आसपास सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि प्लान्ट स्थापना गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । कानुन मिचेर प्लान्ट सञ्चालन गरिएको हो कि ?  स्थानीय सरकारले नै अनुमति दिएको हो ? भन्ने विषयमा स्पष्ट जवाफ माग्दै सचेत नागरिक समूहले गाउँपालिकालाई ज्ञापनपत्र बुझाउन गएको सचेत नागरिक समूहका अगुवा आनन्द राईले जनाएका छन् । तर, ज्ञापनपत्र बुझाउन गाउँपालिका कार्यालय पुगेका बेला अध्यक्ष र उपाध्यक्ष दुवै उपस्थित नभएपछि ज्ञापनपत्र नबुझाई फर्किनु परेको उहाँको भनाई छ ।

https://www.facebook.com/share/v/1CtzuuGHVf/?mibextid=wwXIfr

स्थानीयवासीले सम्बन्धित निकायले समस्या गम्भीरतापूर्वक नलिएको खण्डमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।  यता पालिका संग अनुमति नलिएको र प्लान्ट बसे पछि मानव बस्ति बसेकाले पालिकाले सिधै उठाउ भन्न नमिल्ने पालिका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले बताउनु भयो । उहाँले भन्नु भयो स्थानिय ३/४ चोटि डेलिकेसन आउनु भयो समस्या आएको छ अब यो विषय आउदो कार्यपालिकामा राख्ने बताउनु भयो ।

सम्बन्धित खवर