साइनो समाचारदाता /पथरी, १६ मंसिर
इन्ट्रा फाउण्डेसनले आयोजना गरेको मेरो डान्स युनिभर्सलका विजेता कलाकारले अझै पैसा पाएका छैन्न । उक्त पुरस्कारबाट प्राप्त रकम लिएका टिम लिडर शम्भुहाङ राईले बिभेद गरेको भन्दै कलाकारहरु न्यायको ढोका ढकढकाउन थालेका छन् ।
कल्चरल ग्रुप डान्समा पहिलो स्थान हासिल गरेको भुटनिज रिफ्यूजी डान्सका कलाकारले पैसा नपाएको गुनासो गरेका छन । भुटनिज रिफ्यूजी डान्स ग्रुपका टिम लिडर शम्भुहाङ राईले पैसा लिएर मनोमानी गरेको कोरियोग्राफ मिलन मगर र कलाकाहरुले आरोप लगाएका छन । उनिहरुले आफ्नो मेहेनतले प्राप्त गरेको रकम उपलब्ध गराई दिन क्याम समितिलाई हारगुहार गरेका छन । २०८२ भदौ ७ गते सम्पन्न कार्यक्रमको पुरस्कार लिएर टिम लिडर शम्भुहाङ राईले दुरुपयोग गरेका छन ।

२५ लाख नेपाली रुपैया पुरस्कार पाएको भुटनिज रिफ्यूजी डान्स ग्रुपका कलाकारको श्रमशोशण गरेको अभिभावक जगतबहादुर गुरुङ बताउछन । दर्ता नभएको संस्था भएकाले आयोजक इन्ट्रा फाउण्डेसनले टिमका लिडर शम्भुहाङ राईलाई सिधै पुरस्कार राशीको रकम पठाएको थियो । टिम लिडर राईले मनखुसी पैसा बाढेको कलाकार वितेस राईले आरोप लगाएका छन । शम्भुहाङ राईले समितिका कोषाध्यक्ष नारायण बराइलीलाई समेत हटाएर आफुनिकट कोषाध्यक्ष राखि पुरस्कार रकमको पैसा दुरुपयोग गरेका छन । यता राईले भने समितिको निर्णय अनुसार पैसा बितरण गरेको र पैसा नलिने पक्षले आफु माथि आरोप लगाएको बताएका छन ।
यता ४ महिना सम्म पढाइ छोडेर गरेको मेहन र मेहेनत पछिको फल नपाएको भन्दै न्यायका लागि क्याम सचिव र भुटनिज रिफ्यूजी संस्थाहरु संग हारगुहार गर्दै हिड्नु परेको कलाकार उत्पल गुरुङ बताउछन । भुटनीज कमूनिटी र आयोजक संस्था इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको बदनाम गर्ने उदेश्यमा टिमका लिडर शम्भुहाङ राईले लागेको कलाकार वितेस राई बताउछन् । लिडर शम्भुहाङ राईले पैसा दिने भन्दै बेलाडाँगी शिविर बोलाउने अनि केटाहरु लगाएर धम्काउने र कुटपीट गर्ने गरेको डान्सर उत्पल गुरुङ बताउछन । यता पैसा पाएका डान्सर आयुस आचार्य भन्छन “मलाई बाटो बाटोमा धम्काउदै भुटनिज रिफ्यूजी डान्स ग्रुपका टिम लिडर शम्भुहाङ राईले पैसा दिएको र तिन दिन पछी होटलमा बोलाएर सहि गर्न लागए” ।
कल्चरल ग्रुप डान्स विजेताका लागि पथरी शनिश्चरे भुटनिज रेफुजीमा रहेको सुजना डान्सका कलाकारले अडिसिय पास गरेका थिए । पछि दमक स्थित बेलडागी र पथरी शनिश्चरेको भुटनिज रिफ्यूजीका कलाकारले प्रतिस्पर्दा गरेका थिए । भुटनिज रिफ्यूजी डान्स ग्रुपका टिम लिडर शम्भुहाङ राईले आफु निकटका कलाकारलाई फाईनल सामेल गराई ४ महिना देखि मेहेनत गर्ने कलाकारको सरह बराबरी पारिश्रमिक छुट्याए पछि विबाद बढ्दै गएको थियो । उत्त पारिश्रमिक चित्त नबुझ्दो रहेको भन्दै कलाकारहरुले अशन्तुस्ट जनाएका छन । राईले अडिसियन पार गर्ने कुनै पनि कलाकारलाई पारिश्रमिक नछुटाए पछि न्याय माग्न कानुनी बाटो रोजेका छन् ।
















