पथरी शनिनश्चरे गोल्डकप : उपाधिका लागि पथरी ११ र सलहेस भिड्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

पथरी शनिनश्चरे गोल्डकप : उपाधिका लागि पथरी ११ र सलहेस भिड्ने

गोपाल काफ्ले / पथरी, २० कार्तिक
`अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ उपाधिका लागि पथरी ११ र सिराहाको सहलेस बिच प्रतिस्पर्धा हुने भएको छ । आज बिहिबार भएको अन्तिम सेमिफाईन खेलमा काठमाडौंको न्यू रोड टिम (NRT) लाई हराउदै आयोजक पथरी ११ फाईन प्रबेश गरेको छ । पथरी ११ का लागि एक मात्र निर्णायक गोल शौर्य राउतले गरेका हुन ।

 राउतले खेलको २५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । लिग खेलि सकेका अनुभवि खेलाडीका अगाडी घरेलु टोलीले राम्रो प्रदर्शन देखाएको थियो । दर्शकको राम्रो साथ पाएको आयोजक पथरी ११ का अगाडी पाहुना टोली एन आर टि काठमाडौंले कुनै गोल गर्न सकेन । निकै आक्रमक खेलको ८८ औं मिनेटमा एन आर टिका विबेक गुरुङले डब्बल एल्लो कार्ड पाउदा एन आर टि १० खेलाडीमा सिमित बन्यो । त्यस पछि खेलका कुनै गोल हुन सकेन । 

दोस्रो सेमि फाईन खेलको म्यान अफ दि म्याच पथरी ११ निर्णायक गोलकर्ता शौर्य राउत घोषित भए । राउतले नगद ५ हजार र दर्शकबाट थप ६ हजार ५ सय सहित ११ हजार ५ सय प्राप्त गरे । हिजो भएको पहिलो सेमि फाईनल खेलमा सलहेश सिराहाले पाँचथर क्लव पाँचथर फिदमलाई हराउदै फाईनलमा आफुलाई सुरक्षित गरेको छ । 

कार्तिक २२ गते हुन फाईनल खेलमा सिराहाको सलहेस र पथरी ११ उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता प्रस्थापित पथरी रंगशालामा कार्तिक १५ गते देखि शुरु भएको छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ ।

सम्बन्धित खवर