ब्रिगेड ब्वाईजलाई हराउदै ईन्ट्रा पथरी ११ सेमिफाईन प्रबेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ब्रिगेड ब्वाईजलाई हराउदै ईन्ट्रा पथरी ११ सेमिफाईन प्रबेश

गोपाल काफ्ले / पथरी, १६ कार्तिक
मिक्चेन दाशको एक मात्र गोलको मदतले पथरी ११ `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को सेमिफाईनल प्रबेश गरेको छ । आज भएको दोस्रो खेल क्वाटर खेलमा ईन्ट्रा पथरी ११ फुटवल क्लव पथरी शनिश्चरेले १-० गोल अन्तरले ब्रिगेड ब्वाईज क्लव ललितपुरलाई पराजित गरेको हो ।

खेलको ४५ औं मिनेटमा सनम धिमालको क्रस पासमा शौर्य राउतको वान भर्सेस वान बललाई दाशले निर्णायक गोल गरेका हुन । पुर्वका कलेक्सन खेलाडी सहित पाहुना टोली ब्रिगेड ब्वाई विरुद्व पथरी ११ आफ्नो होम सेट मैदान उत्रिएको थियो ।

उत्कृष्ट खेल प्रदशन गरेका पथरी ११ का मिक्चेन दाश म्यान अफ दि म्याच घोषित हुदै नगद ५ हजार प्राप्त गरे । भोलिको तेस्रो क्वाटर खेल संकटा फुटवल क्लव काठमाडौं र पाँचथर विच हुने छ ।

प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा सलहेस सिराहा, कञ्चनजंघा भारत सिलिगुडी, संकटा, पाँचथर, झापा, एन आर्टि, ब्रिगेट ब्वाईज र आयोजक ईन्ट्रा पथरी ११ प्रतिस्पर्दा गर्दैछन ।

 

सम्बन्धित खवर