पथरी शनिनश्चरे गोल्डकपको उद्घाटन खेलमा सलहेश विजयी, विदेशी खेलाडी रिचार्ड वईलसनको ह्याट्रिक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी शनिनश्चरे गोल्डकपको उद्घाटन खेलमा सलहेश विजयी, विदेशी खेलाडी रिचार्ड वईलसनको ह्याट्रिक

गोपाल काफ्ले /पथरी, १५ कार्तिक
मोरङको पथरी शनिश्चरेमा आजबाट शुरु भएको `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को उद्घाटन खेलमा सलहेस युवा क्लव सिराहा विजयी भएको छ । सलहेस युवा क्लव सिराहाले भारतको कञ्चनजंघा फुटवलक्लव सिलिगुडीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । सिराहाको जितमा विदेशी रिचार्ड वईलसनले ह्याट्रिक पुरा गरे ।

पहिलो हाफमा ३-० अग्रता बनाएको सलहेस सिराहाले दोस्रो हाफमा थप दुई गोल गर्दै ५ गोलको फराकिलो अन्तरले विजयी हासिल गर्यो । सलहेस सिराहाका लागि खेलको ७ मिनेटमा आदित्य शाक्यले अग्रता लिएका थिए । भारतलाई एक पक्षिय दवावमा राखेको सलहेस सिराहाका लागि खेलको २४ औं मिनेटमा विदेशी खेलाडी रिचाड वईलसनले दोस्रो गोल गर्दा २८ मिनेटमासुजल डङ्गोलले गोल गर्दै अग्रता तेब्बर बनाए । पहिलो हाफ ३ गोलको अग्रता लिएको सिराहाका लागि खेलको ५५ मिनेट अतिरक्त समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

भारतिय कञ्चनजंघाका टोलीका लागि खेलको ५८ औं मिनेटमा प्रनिश प्रधानले सान्तवना गोल गरे । म्यान अफ द म्याच ह्याट्रिककर्ता विदेशी खेलाडी रिचाड वईलसन घोषित हुदै नगद ५ हजार प्राप्त गरे । भोलि आईतबारको खेल आयोजक ईन्ट्रा पथरी ११ र ब्रिगेड ब्वाईज ललितपुर बिच हुनेछ ।

आजबाट शुरु भएको `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को उद्घाटन पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोले गर्नु भएको छ । प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित ट्रफि मेडल प्राप्त गर्ने छ । खेलको सर्वोकृष्ट खेलाडीले नगद २५ हजार ट्रफि र विधागत तर्फ उत्कृष्ट खेलाडीले जनहि १०/१० हजार प्राप्त गर्ने छन ।

प्रतियोगितामा सलहेस सिराहा, भारतको कञ्चनजंघा फुटवल क्लव सिलिगुडी, संकटा क्लव काठमाडौं , पाँचथर क्लव पाँचथर, झापा ११ फुटवल क्लव झापा, एन आर टि काठमाडौं , ब्रिगेट ब्वाईज ललितपुर र आयोजक ईन्ट्रा पथरी ११ प्रतिस्पर्दा गर्दैछन ।

सम्बन्धित खवर