देश शोकमा रहेकाले दशैं मनाएनौं : बाल्मिकि स्कुल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

देश शोकमा रहेकाले दशैं मनाएनौं : बाल्मिकि स्कुल

साइनो समाचारदाता, पथरी/ १० असोज
जेन जि आन्दोलनका सहिद भएको युवा र प्रहरीको सम्झनामा मोरङ पथरी शनिश्चरे २ मा रहेको वाल्मीकि आवासिय माविले शोकपूर्ण दशैंको रुपमा शहिदको सम्झना गर्दै एक कार्यक्रम गरेको छ  । जेन जि आन्दोलमा शहिद भएका ७२ युवाको बलिदानप्रति सम्मान गर्दै मौन धारण गर्दै विद्यालय र विद्यार्थीले एकताको सन्देश दिएका छन ।

देशभर नेपालीहरूको महान् चाड दशैं तिहारको माहोल छाएको बेला वाल्मिकि आवासिय माविलेले भने आफ्नो परम्परागत दशैं उत्सवलाई यो वर्ष शोक र मौनतामा परिणत गरेको विद्यालयका निर्देशक नवल किसोर खनाले बताउनु भयो । देशमा हालै भएको जेन जि आन्दोलनु मा न्यायका लागि आवाज उठाउँदा ७२ जना युवाहरूको सहादत भएको दुःखद घटनाको सम्मानमा विद्यालयले यस्तो निर्णय लिएको खनालले बताउनु भयो ।

देश दुखमा रोहेको बेला शोकको घडीमा तामझामले भन्दा सहिदलाई सम्झनुले बिद्यालय र विद्यार्थीले देश प्रतिको नैतिक्ता देखाएको छ । दशैंको टीका र जमराको सट्टा विद्यार्थी र शिक्षकहरूले एकजुट भएर शोकको सन्देश दिएका छन । शोक कार्यक्रममा भावुक बनेका विद्यार्थीहरूले आफ्ना भनाइहरू राख्दै सहिद युवाहरूको बलिदानप्रति गहिरो सम्मान व्यक्त थिए । विद्यार्थी भन्छन, यो दशैं हाम्रो लागि दुःखको दशैँ बन्यो। जेन जि आन्दोलनमा ७२ जना युवाहरूले आफ्नो जीवन गुमाए ।

विद्यालयले परम्परा विरोधी नभई देशका लागि संघर्ष गर्दा सहिद भएका युवाहरूप्रति सम्मान देखाउन उत्सव नमनाएर मौन बसेको स्पष्ट पारेको छ । सहिद युवाहरूलाई नायकु को संज्ञा दिँदै विद्यार्थीहरुले उनीहरूको सम्झनामा सबै एकजुट भएको बताए । सबै विद्यार्थी र शिक्षकहरूले एक मिनेटको सामूहिक मौनता धारण गरेर सहिद भएका युवाहरूको आत्माको शान्तिका लागि प्रार्थना समेत गरे ।

कार्यक्रममा आन्दोलनमा घाइते भएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वाथ्य लाभको कामना समेत गरिएको छन । यस वर्षको फरक दशैंले सबै विद्यार्थीमा देशप्रेम र एकताको नयाँ पाठ सिकाएको विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले बताउनु भयो । यस्तो परिस्थितीमा हामी विद्यालय परिवार दुखी छौं शिक्षक र विद्यार्थीको देश प्रेम सहित ल्याएको आग्रहलाई विद्यालयले नकार्न सकेन प्रधानाध्यापक चन्द्र प्रसाद दुलालले बताउनु भयो ।

सम्बन्धित खवर