मोरङमा फुटवल कोचको सि लाइसेन्स तालिम सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मोरङमा फुटवल कोचको सि लाइसेन्स तालिम सुरु

गोपाल काफ्ले/पथरी, १२ भदौ 
मोरङको पथरी शनिश्चरेमा फुटवल कोचको क्षमता वृद्विका लागि १२ दिने एन्फा ए एफ सी `सी´ डिप्लोमा कोचिङ कोर्ष सुरु भएको छ । मोरङ जिल्ला फुटवल संघको आयोजनामा आजबाट सुरु भएको एन्फा ए एफ सी `सी´ डिप्लोमा लाइसेन्स कोचिङ कोर्षको प्रशिक्षक हरि खड्का रहनु भएको छ ।

दुई चरणमा हुने प्रशिक्षणमा झापा, मोरङ, सुनसरी, सिराहा, उदयपुर, पाँचथर, कैलाल र सस्त्र प्रहरी बलका २४ कोचहरु सहभागि रहेका छन । फुटवलको विकासका लागि कोच तालिम र लाइसेन्सका कार्यक्रमहरु मोरङ जिल्ला फुटवल संघले अगाडी सारेको अध्यक्ष संजिव बुढाथोकीले बताउनु भयो ।  फुटवलको विकासका लागि शारिरिक रुपमा मात्र नभैई मानसिक रुपमा पनि अब्बल हुन प्रशिक्षक (कोच) तालिम प्राथमिक्त दिएको अब्यक्ष बुढाथोकीले बताउनु भयो ।

पथरी शनिश्चरेको आर्थिक सहयोगमा सुरु भएको तालिम पथरी शनिश्चरे २ स्थित सिन भिलेज पार्टी प्लालेसमा कक्षा र  दिपेन्द्र स्मृती खेल मैदानमा तालिम हुने छ । भदौ ११ देखि सुरु भएको कोचिङ कोर्ष तालिम दुई चरणमा हुने प्रशिक्षक हरि खड्काले जानकारी दिनु भयो । खड्काले भन्नु भयो `राम्रो प्रशिक्षक पाए, राम्रो खेलाडी उत्पादन हुने, राम्रो खेलाडी पाए राम्रो रिजल्ट पाउने, राम्रो रिजल्टले खेलाडी र देशको नाम विश्व माझ चम्कने छ´ । त्यसैले यो कोचको तालिम उपलब्धिमुलक रहने बताउनु भयो।


उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी पथरी शनिश्चरे नगर उपप्रमुख देविमाया काफ्ले फुटवल खेलडीलाई अनुसासित राख्न र खेलमा राम्रो रिजल्ट ल्यउन कोचको भुमिका महत्वोपुर्ण भएकाले यो तालिमले कोचहरुको क्षमतामा निखार ल्याउने बताउनु भयो ।
कार्यक्रमा फुटवलको विकास र कोचको क्षमता विकासका लागि गाँउगाँउमा रहेका कोचहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरेको एन्फाका केन्द्रिय सदस्य दिपेन्द्र धिमाले बताउनु भयो । मोफसफका विद्यालयमा समेत फुटवल कोचको माग बढ्दै गएको समयमा लाइसेन्स लिन जरुर रहेको धिमालले बताउनु भयो । कोचहरुमा यो कोर्षले आर्थीक उपार्जनमा समेत टेवा पुर्याउने धिमालको भनाई छ । केन्द्रिय सदस्य धिमालले उर्लाबारीले राम्रो कोचिङ गरेको कारण साफ यु २० महिला च्याम्पियनसिपमा उर्लावारी पुर्णिमा राईले पाएको सफलताको चर्चा गर्नु भयो ।

सम्बन्धित खवर