सुजन दियाली /पथरी ९ भदौ
पथरी शनिश्चरे ८ मा रहेको मंगलाबारे युवा समूहको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन् भएको छ । हिन्दु नारिहरुको महान पर्वमा सबै जात जाती भाषा धर्मलाई लक्षित गरि आयोजना गरेको तिज मिलन कार्यक्रम थारु, उराम र धिमाल आ-आफ्नो जातिय धर्म र संस्कार अनुसारको नृत्य प्रस्तुत गर्दै तिज मनाएका छन । मंगलाबारे युवा समूह हरितालिका तिजको अवसरमा तिज मिलन शुभकामना आदन प्रदान गर्दै सबै जात जाती धर्म समुदायका नारिहरुलाई दर खुवाएको छ । प्रत्येक बर्ष तिज र जितिया पर्वको अवसरमा उत्त स्थानका युवाहरुले महिलाहरुका लागि कार्यक्रम गर्दै आएका छन ।

कार्यक्रमको उद्घाटन नगरको पहिलो जाति धिमालले आफ्नो सास्कृतिक भेषभुषा सहित नृत्य प्रस्तुत गरि सुरु भएको थियो । कार्यक्रमका उराव र थारु नृत्यले कार्यक्रमको शोभा बढाएको थियो । कार्यक्रमको मुख्य उदेश्य समुदायमा लोप हुन लागेका संस्कृतीको गजेणा गर्ने उदेश्य रहेको कार्यक्रमका प्रमुख अतिथी जयबहादुर तामाङले बताउनु भयो । कार्यक्रममा पथरी शनिश्चरे ६ का धिमाल पेटानि महिला समूह, उराव उत्थान मंच र थारु कल्याणकारीणि समाजको सहभागिता रहेको थियो ।

कार्यक्रममा आकर्षक नृत्य, झाँकीका साथ म्याजिकल चियर्स, हण्डि फोर जस्ता रोचक प्रतियोगिताको समेत आयोजना गरिएको थियो।पुर्व वडाध्यक्षा तथा पुर्वान्चल मल्टिपल एग्रीकल्चर प्रालीका संचालक जय बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन कमल बहादुर कटुवालले गर्नु भएको थियो । कार्यक्रमको व्यावस्थापन पत्रकार रामकुमार परियार, श्यम बहादुर लिम्बू र रामकुमार चौधरीले गर्नु भएको थियो ।

















