मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने : स्वास्थ्यमन्त्री पौडेल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने : स्वास्थ्यमन्त्री पौडेल

गोपाल काफ्ले/पथरी, ७ भदौ
मोरङको मिक्लाजुङ गाउँपालिका स्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता गर्नुभएको छ। आज बालमैत्री अस्पताल भवनको उद्घाटन गर्दै मन्त्रि पौडेलले चाडौ व्यवस्थित ल्याब उपलब्ध गराउने बताउनु भएको हो ।


शनिबार मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (WHO) सँग सम्झौता भएका एक सय ल्याब मध्ये एक ल्याब मिक्लाजुङ अस्पताललाई उपलब्ध गराइने घोषणा गर्नुभयो। उहाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको प्राथमिकता भएको उल्लेख गर्दै मधुमल्ला अस्पतालले दिइरहेको गुणस्तरीय सेवाको प्रशंसा गर्नुभयो।


सो अवसरमा गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिनुभयो। उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा मधुमल्ला अस्पतालका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो। संघीय मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा करिब १ करोड ९८ लाख ६१ हजार २ सय ८३ रुपैयाँ लागतमा बालमैत्री अस्पताल भवन निर्माण सम्पन्न भएको छ।

सम्बन्धित खवर