गोपाल काफ्ले/पथरी, २३ साउन
साउन १९ गते सोमबार राष्ट्रिय परिक्षा बोर्डले प्रकासित गरेको कक्षा १२ को रिजल्टमा बोर्ड टप गर्ने दुई विद्यार्थी र र उत्कृष्ट जिपिए ल्याउन सफल दुई विद्यार्थी सम्मान भएका छन । मोरङ पथरी शनिश्चरे २ रेडस्टार अङ्ग्रेजी आवसिय माविका चन्दन शाहा र प्रविण कट्टेलले ३. ९६ जिपिए ल्याउदै बोर्ड टप गरेका छन । विद्यालयले आज शुक्रबार एक कार्यक्रमका विच २ जना टप विद्यार्थीलाई नगद ५० हजार सहित सम्मान गरेको छ ।

विद्यालयले बोर्ड टप सहित दुई जना ३. ९२ जिपिए ल्याउन मनिषा पोख्रेल र प्रमिस रिजाललाई नगद २०/२० हजार सहित सम्मान गरेको छ । सम्मानित विद्यार्थीलाई पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्बापो सम्मान गर्नु भयो छ । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख तुम्बापोले नगरको नाम देश परिचित गराउन सफल नेपाल टप हुने विद्यार्थी र संस्थालाई बधाई दिनु भयो । पढ्ने विद्यार्थीका लागि उत्कृष्ट अंक ल्याउन पथरी शनिश्चरे नै काफि रहेको तुम्बापोको भनाई छ ।
विद्यालयका प्रिन्सिपल टि एन तिम्सिनाले अभिभावको विश्वास, विद्यार्थीको मेहेनत र शिक्षको लगानीले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनु भयो । मोफसलमा पनि उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने उदाहरण प्रत्येक वर्ष हरेक तहमा दिदै आएको तिम्सिनाको भनई छ । रेडस्टार माविले २०८२ सालको राष्ट्रिय परिक्षा बोर्डले प्रकासित गरेको रिजल्टमा ९७.०४ प्रतिसत रिजल्ट निकाल्न सफल भएको छ । विद्यालयबाट २७० जना विद्यार्थी सहभागि थिए । जस्मध्ये २६२ विद्यार्थी सफल भएका छन । वि वि एस सम्म अध्यायन हुने रेडस्टार मावि पथरी शनिश्चरेमा १६ सय माथी विद्यार्थी अध्यानरत छन ।

५ लाख १० हजार ९ सय ८७ विद्यार्थी राष्ट्रिय परिक्षा बोर्डले लिएको परिक्षामा सामेल थिए । जस्मध्ये १ सय ८१ जना विद्यार्थीले सम्मान ३.९६ जिपिए ल्याउदै नेपाल टप भएका छन । रेडस्टार मावि पथरी शनिश्चरेका चन्दन साह र प्रविण कट्टेलले पनि ३.९६ जिपिए ल्याउदै कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका हुन् ।

पछिल्लो समय पथरी शनिश्चरे नगर शैक्षिक हवका रुपमा परिचित हुदै आएको छ । नगर भित्रका शैक्षिक संस्थाले एक दशक देखि देशकै उत्कृष्ट नतिजा दिन सफल भएका छन । मोससलमा पनि उत्कृ्ट शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण नगर भित्रका रेडस्टार, बाल्मिकी, एभरेष्ट र प्याराडाईज विद्यालयले दिदै आएका छन । यसै बर्ष नगर भित्रको बाल्मिकी माविबाट दुई जना विद्यार्थीले फोर जिपिए ल्याउन सफल भएका छन ।

















