गोपाल काफ्ले/पथरी, २८ असार
खेल क्षेत्रको विकासका लागि खेलाडीमा अनुसासन, गतिसिल्ता र प्रतिबद्धता आवश्यक रहेको पुर्व युवा तथा खेलकुद मन्त्रि डिगबहादुर लिम्बुले बताउनु भएको छ । सांसद लिम्बुले नेपाली खेलाडीले अन्तराष्ट्रिय क्षेत्रमा पाएको सफल्तालाई मध्यनजर गर्दै नयाँ पुस्ता खेलाडीले अगाडी बढ्न आग्रह गर्नु भयो ।

पुर्व मन्त्रि लिम्बुले मोरङको पथरी शनिश्चरे १ मा अवस्थित पथरी ११ फुटवल क्लवको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो ‘नेपाल सानु र सुन्दर मुलुक छ तर खेलको माध्यमबाट संसारलाई जित्न सकिने बताउनु भयो । खेल जिवनलाई समुन्नत बनाउन खेलाडीले तिनै तहका सरकारलाई अभिभावकका रुपमा डोर्याउन आग्रह गर्नु भयो । खेल क्षेत्रको विकासका लागि आफु १०’महिना मन्त्रालय समाहाल्दा खेलाडीको जितेको रकम एक हप्ता भित्र खेलाडीको खातामा जाने र देशका ३ वटा रंगशाला विराटनगर, मुलपानी र भरतपुरको रंगशालालाई देशको गौरवको योजना बनाएर काम अघि सारेको बताउनु भयो ।
पुर्व मन्त्रि लिम्बुले खेलकुदको विकासको लागि आफुले जग हालेको र अब सबै खेल बिधाका खेलाडीहरुले देशका लागि जित दिलाउने उदेश्यले खेल्नु हुन अनुरोध गर्नु भयो ।
कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोले नगरले सबै खेल समेटिने गरि नगर खेलकुद समिति गठन गरि बार्विक रुपमा नगर खेलकुद महोत्सव गराउदै आएको बताउनु भयो । नगरले खेलकुदलाई राजनितिबाट टाढा राखेर खेल समिति बनाउदै अगाडी बढागको तुम्बापोको भनाई छ ।
मोफसलमा रहेर पनि पथरी ११ फुटवल क्लवले पथरी शनिश्चरेबाट महिला र पुरुष दुबै खेल प्रतियोतितामा सहभागिता जनाउदै आएको छ । फुटवल खेलाडीको विकासका लागि क्लवले प्रतियोगिता गराउनुका साथै मैदान मर्मत र प्रशिक्षणको कार्यक्रम गर्दै आएको छ । पछिलो समय फुटवल खेलबाट पथरी शनिश्चरे क्षेत्रलाई चिनाउन सफल रहेको क्लवका अध्यक्ष सुमन विकले बतालउनु भयो ।
उद्घाटन कार्यक्रममा प्रदेश संसद मानबहादुर लिम्बु, वडाध्यक्ष भिम राई, लोककिरण न्यौपाने, राजनिती दलका प्रतिनिधि लगायत क्लवमा आवद्ध खेलाडीहरुको उपस्थिति रहेको थियो ।
















