गोपाल काफ्ले/पथरी, १३ असार
बाबु आमाको नागरिक्ता नहुदा मोरङको पथरी शनिश्चरे वडा नम्वर एकका चार बालबालीका पढाईबाट बन्चित हुदै आएका छन । ४५ बर्षिय सिता चौधरी र ४० बर्षिय गिता चौधरीको नागरिक्ता अझै सम्म बनेको छैन । सिता र गिता एकै परिवारका दिदी बहिनी हुन । सिताको एक छोरा दिपक चौधरी र गिताको दुई छोरी एक छोरा बिनिता चौधरी, विना चौधरी र समिर चौधरी बाबु र आमाको नागरिक्ता नभएकै कारण पढ्नबाट बन्चित भएका हुन ।
बाबु आमाको नागरिक्ता नहुदा मोरङको पथरी शनिश्चरे वडा नम्वर एकका चार बालबालीका पढाईबाट बन्चित हुदै आएका छन । ४५ बर्षिय सिता चौधरी र ४० बर्षिय गिता चौधरीको नागरिक्ता अझै सम्म बनेको छैन । सिता र गिता एकै परिवारका दिदी बहिनी हुन । सिताको एक छोरा दिपक चौधरी र गिताको दुई छोरी एक छोरा बिनिता चौधरी, विना चौधरी र समिर चौधरी बाबु र आमाको नागरिक्ता नभएकै कारण पढ्नबाट बन्चित भएका हुन ।

फोटोमा छोरी सिता संग आमा जरनी
सिता र गिताका बाबु आमाको अशिक्षा, गरिवि र आर्थिक समस्याका कारण सिता र गिताले पढ्न पाएनन् । सिता र गिताका बाबु रामधन चौधरी र आमा जरनी चौधरीको नागरिक्ता छ । सिताका भाइ र गिताका दाजु सरोज चौधरीको पनि नागरिक्ता छ । बाबुको ७४ सालमा मृत्यू भयो । आमा कसैको घरमा काम सघाएर दैनिक गुजारा गर्दै आएकी छन । सिता र गिता पनि दैनिक ज्याला मजदुरी गरै डेरामा बालबच्चा संग बस्दै आएका छन ।
सिताको छोरा दिपक चौधरी २२ बर्षका भए । कक्षा ५ मा स्कुलले जन्मदर्ता मागे पछि उनि स्कुल जान छोडेको बताउछन । उनको बाबु कोहुन भन्ने अझै पत्ता लागेको छैन । सिता सोझी भएका कारण २२ बर्ष अघि कसैले संबन्ध राखेपछी दिपकको जन्म भएको थियो । दिदी सिताको जस्तै बहिनी गिताको पनि पिडा छ । गिता तिन छोरा छोरी संग पथरी शनिश्चरे १ मा बस्दै आएकी छन । उनको श्रीमान लापत्ता भएको ५ बर्ष भयो । १५ बर्ष अगाडी ठाउँ ठेगाना नभएका पथरी शनिश्चरे नगर भित्र ज्यामी काम गर्ने रमेश चौधरी संग गिताको भागि बिहे भयो ।
बिबाह अघि सिता र गितालाई नागरिक्ता के हो र यस्को के काम भन्ने ज्ञान नभएका कारण नागरिक्ता नबनाएको बताउछन । नागरिक्ता नभएको कारण छोरा छोरीको जन्मदर्ता भएन् । स्कुलले जन्मदर्ता खोजे पछि छोराहरु स्कुल जानै छोडेको गिता बताउछीन । विबाहीत र बच्चा भएका कारण सिता र गिताको नागरिक्ता बन्न सकेको छैन । सिताको श्रीमान नै को हो भन्ने समस्या रहेको र गिताको श्रीमान ठाउँ ठेगाना नभएको र हाल लापत्ता भएकाले नागरिक्ता बनाउन समस्या परेको आमा जरनी चौधरी बताउछीन ।
आमाहरुको नागरक्तिा नभएका कारण त्यसको असर उनिहरुका छोरा छोरीहरुमा परेको छ । बाबु आमाको नागरिक्ता नभएकै कारण बालबालिका स्कुल जानबाट बन्चित भएको स्थानिय दिपेन्द्र निरौला बताउछन । अब गिताका दुई छोरीहरु स्कुल जादैछन उनिहरु पनि स्कुलले जन्मदर्ता खोजे पछि स्कुल जान बन्द हुने अवस्थामा छन । पढाई छोडेका छोराहरु लेवर काम गर्न थालेका छन । उनिहरु भन्छन “जन्मदर्ता छैन पढ्न पाईदैन” ।
कक्षा आठमा जन्मदर्ता अनिवार्य चाहिने तर जन्मदर्ता नभएकै कारण स्कुल पढ्नबाट बन्चित नहुने पथरी शनिश्चरे नगर शिक्षा शाखा अधिकृत नविन खुलाल बुढाथोकीले बताउनु भयो । पढ्दै गरेका बालबालिकाहरुको जन्मदर्ता नभए वडाले जन्मदर्ता प्रमाणीत सिफारीस लिएर भए पनि पढ्न मिल्ने प्रबाधान रहेको बुढाथोकी बताउनु हुन्छ । यता वडाले पढाईमा बाधा नहोस भनेर जन्मदर्ता प्रमाणीत सिफारीस गरिदिएको वडा नं. १ का वडाध्यक्ष भिम राईले जानकारी दिनु भयो । वडाध्यक्ष राईले भन्नु भयो “आमाहरुको नागरिक्ता र छोरार छोरीको जन्मदर्ता बनाउन र उहाँहरुले पाउने अधिकारका लागि वडाले प्रकृया अगाडी बढाएको छ” ।
















