गोपाल काफ्ले/ पथरी, २७ जेठ
तराईमा अत्याधिक गर्मीका कारण विद्यालय विदा हुन सुरु भएको छ । मोरङको पथरी शनिश्चरे नगरले दुई दिनविद्यालय विदा दिने निर्णय गरेको छ । केहि दिन देखी चर्को तापक्रमका भएका कारणविद्यालयमा पढन पाठनमा समस्या आउन थालेको थियो ।


नगरकासामुदायीक तथा निजी विद्यालयहरुले गर्मीका कारण पढन पाठनमा समस्या आएको नगरलाई जानकारीगराएका थिए । विद्यालयको अनुरोधमा बसेको नगर बैठकले दुई दिन विद्यालय विदा गर्नेनिर्णय गरेको नगर शिक्षा शाखा प्रमुख नविन खुलाल बुढाथोकीले जानकारी दिनु भयो । नगरपालिककोआज बसेको बैठकले जेठ २८ र २९ गते विदा दिने निर्णय गरेको नगर शिक्षा शाखा प्रमुख बुढाथोकीलेबताउनु भयो ।

पथरीशनिश्चरे नगरमा १४ हजार ४ सय ४३ जना विद्यार्थीहरु विद्यालय जमने गरेका छन । नगरमा २७ओटा सामुदायीक विद्यालय र ४२ ओटा निजी विद्यालय रहेका छन । गर्मीका कारण स्कुल जानेविद्यार्थीको संख्या घट्दै गएको थियो । अत्याधीक गार्मी बढे संगै विद्यालयका कक्षा कोठातातिने र विद्यार्थी आलस्य हुने गरेको विद्यालयहरुको भनाइ छ ।
















