अर्जुन काफ्ले /पथरी, २५ जेठ
लोप हुदै गएको संगीनी नृत्यले अन्तराष्ट्रिय मञ्च पाएको छ । मोरङको पथरीशनिश्चरे–३ मा रहेको महिला जागरुक हरिकिर्तन तथा संगीनी समूहले पश्चिम बंगाल भारतको सिलिगुरीमा जारी ८ औं गीताञ्जली मेङ्गो फेस्टिवलमा परम्परागत संगीनी नाच प्रस्तुत गरेको छ।

नेपाली र भारतीय विविध सांस्कृतिक झाँकी प्रदर्शन हुने यस महोत्सवमा नेपाली संगीनी नृत्य पहिलो पटक प्रस्तुत भएको हो ।
समूहकी अध्यक्ष देबिमाया पोख्रेलको नेतृत्वमा सिलिगुरी पुगेको दुई टोलीले उक्त मञ्चमा प्रस्तुति दिएका थिए । २० बर्ष देखि समुहले निरन्तर पुर्वी नेपालका धेरै सास्कृतिक कार्यक्रमहरुमा संगीनी नृत्य प्रस्तुत गर्दै आएको छ ।
संस्कार संरक्षण र परम्परागत कला जगेर्नामा सक्रिय उक्त समूहले गत फागुनमा पथरी शनिश्चरेमा प्रथम संगीनी महोत्सव आयोजना गरेको थियो । नेपालका विभिन्न जिल्लामा संगीनी प्रस्तुति दिँदै आएको यो समूहले नियमित प्रशिक्षण गर्दै आएको छ । संगीनीलाई नयाँ पुस्तामा हस्तान्तरण अभियान लागेको समुहलाई कोसी प्रदेश सरकारले समेत हौसला प्रदान गर्दै आएको समुहले बताएको छ ।
















