मुरारी आचार्यले दायर गरेको मुद्दामा पत्रकार बस्नेत र काफले निर्दोष - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

मुरारी आचार्यले दायर गरेको मुद्दामा पत्रकार बस्नेत र काफले निर्दोष

साइनो समाचारदाता/ पथरी, ११ जेठ
पथरी नगर अस्पतालका प्रमुख मुरारी आचार्यले दायर गरेको गाली बेईज्ज्ती मुद्धामा पत्रकार नरेन्द्र बस्नेत र गोपाल काफले निर्दोष सावित भएका छन् । जिल्ला अदालत मोरङ्गले बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत र साइनो खवरका संचालक  गोपाल काफले बिरुद्ध दायर भएको गाली बेईज्जतीको मुद्धामा बादीको दाबी झुठो भएको फैसला सुनाएको छ ।
बिराटनगर महानगरपालिका वडा नम्बर ४ घर भई हाल पथरीशनिश्चरे नगर अस्पतालमा कार्यरत बर्ष ४५ का मुरारी आचार्यले २०८१ वैशाख २० गते पत्रकारद्धय माथि गाली बेईज्जतीको मुद्धा दायर गरेका थिए । पथरी नगर अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आचार्यले पटक पटक डर, त्रास र धम्की दिँदै यौन दुब्र्यबहार गरेको भन्दै ति कर्मचारीले बेलबारीमा पत्रकार सम्मेलन गरेकी थिन्प । उत्त समाचार बेतना दैनिक, साइनो खवर लगायत बिभिन्न मिडियामा भिडियो र समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि आचार्य र पथरी शनिशेचरेका पुर्व नगर प्रमुख दिलिप राईले एक मिडियामा आफुमाथि गलत आरोप लगाएको लगायत अन्तरवार्ता दिएका थिए । पुर्व नगर प्रमुख दिलिप राईले उत्त अन्तरवार्तामा घटना सोहि समयमा समाभान गरेको बताएका थिए ।
पत्रकार सम्मेलन पछि तत्कालै पिडित युवतीले नगर अस्पतालका प्रमुख मुरारी आचार्य विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहारकाे मुद्दा लाएपछी आचार्यले बिभिन्न मनगढन्ते आरोप लगाउँदै बस्नेत र काफ्ले विरुद्ध गाली बेईज्जती मुद्धा दायर गरेका थिए ।
मुद्धा दायर भएको एक बर्षपछि अदालतले आचार्यले गरेको दाबी र लगाएको आरोप प्रमाणित गर्ने आधार नदेखिएको भन्दै पत्रकारहरुको पक्षमा फैसला सुनाएको हो । आफनो कर्तुत ढाकछोप गर्न आचार्यले रचेको प्रपञ्चको पर्दाफास भएको र अदालतले न्याय दिएको पत्रकार काफलेले प्रतिक्रिया दिएका छन । आचार्यको कर्तुतका बारेमा ति कर्मचारीले दिएको भिडियो बयान बेतना दैनिक र साइनो खवर लगायतका मिडिया सँग सुरक्षित रहेका छन ।

सम्बन्धित खवर