पाथीभरा बालन समुहको पाँचौ बार्षिक साधरण सभा सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पाथीभरा बालन समुहको पाँचौ बार्षिक साधरण सभा सम्पन्न

टि एन खतिवडा/पथरी, ४ जेठ
लोप हुदै गएको मौलिक लोक नृत्य बालन र संगिनी संरक्षण गर्दै आएको मोरङ पथरी शनश्चरे नगरपालिका वडा नं. ३ बिरेन्द्रनगर रहेको पाथीभरा बालन समुहले पाँचौ बार्षिक साधरण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोले संस्कार सस्कृति बचाई राख्ने यस्ता समुहलाई आगामी आर्थिक बजेटमा नगरबाट सहयोग गर्ने बताउनु भयो।

कार्यक्रममा वडाध्यक्ष विजय लिम्बुले पथरी शनिश्चरे नगरपालिका वडा न‌‍ं ३ संस्कार सस्कृति जगेणा गर्ने कार्यमा नेपालमै पहिलो नम्वरमा रहेको बताउदै यस्को संरक्षणमा वडा सधै लागिपर्ने बताउनु भयो । समुहका अध्यक्ष श्री भुवनेश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम तिर्थ आचार्यले संचालन गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै पुर्ब उपमेयर यमुना विष्टले संस्कार सस्कृति बचाई पुस्ता हस्तान्तरण गर्दै लैजानु पर्ने बताउदै नगरले यस्को संरक्षणमा आर्थिक सहयोग गर्नु पर्ने बताउनु भयो।

समुहका सचिव यदु अधिकारीले विगत देखि वर्तमान सम्मका कठिनाई सहित आर्थीक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । समुहले २०८१ सालमा देउसि भैलो खेलेको रकमले जेष्ठ नागरिक एकता समन्वय केन्द्र पथरी शनिश्चरे ३ को भबन संगै जग्गा खरिद गरेको कुरा बताउनु भयो । कार्यक्रममा बालन तथा संगिनी समुहमा सहभागीहरुलाई प्रमाणपत्र, अतिथिहरुलाई, नेपाली टोपी, दोसल्ला तथा मायाको चिन‍ोले सम्मान गरिएको थियो ।

सम्बन्धित खवर