मनपरि सडक निर्माण गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालय कोसी प्रदेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मनपरि सडक निर्माण गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालय कोसी प्रदेश

गोपाल काफ्ले /पथरी, ३ जेठ
पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालि ४ र ८ को सीमामा पर्ने कुशलचोक देखि नगरको रिङरोड सम्मको सहिद मार्ग कालोपत्रे गर्ने कार्यप्रति स्थानीयवासी असन्तुष्ट बनेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय कोसीको २० लाख र शहरी विकास तथा भवन कार्यालयको २० लाख गरी कुल ४० लाख रुपैयाँ बजेट निर्माण हुदै गरेको बाटो आज स्थानियले बन्द गरेका छन ।

स्थानीयवासीले बिहीबार विहानैदेखि बाँस तेस्र्याएर निर्माण कार्यमा अवरोध गरेका छन् । घर अगाडिको सडक कालोपत्रे हुने भए पछि स्थानियले खुशी हुँदै आँगन, चर्पी, ट्युववेल, पशुपंक्षीको खोर र फलफूलका रुख समेत हटाएर नम्बरी जग्गा सडकका लागि दिएका थिए ।  तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्रालय कोसीका मन्त्री गणेश उप्रेती ‘शुशील’ र प्रदेश सांसद गीता तिम्सिनाको सिफारिसमा १० मिटर चौडा र १६ सय मिटर लामो सहिद मार्ग ए लेवलको ग्राभेल गर्न बजेट विनियोजन भएको पुर्व ससद लालबहादुर सुस्लिम मगरले बताउनु भयो । सभासद सुस्लिङका अनुसार सम्पूर्ण १६ सय मिटर सडकमा ग्राभेल गर्ने सिफारिस सहित मन्त्रालयमा पेश गरेर बजेट ल्याइएपनि वडाध्यक्षहरुले आफ्नो स्वार्थमा काम गरेको बताउनु भयो ।

१० मिटर चौडा भनिएको सडकमा केवल ३ मिटर मात्र कालोपत्रे गरिँदैछ । ड्रेन बेगर कालोपत्र गर्न लागिएको सडकको बाँकी भाग खाली छ । साँघुरो कालोपत्रे गर्दा दुईतर्फी बाटोको दुबै साईड होचो हुने र सवारीसाधन आवतजावतमा समस्या भैइ दुर्घटना बढ्ने भए पछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । पूर्व जनप्रतिनिधिसमेत रहेका स्थानीय खड्ग सुस्लिङ मगरका अनुसार वडा नम्बर ४ र ८ का वडाध्यक्ष मिलेर प्राविधिक स्टिमेट संशोधन गरी छोटो दुरीको कालोपत्रे गर्न लागेको जनाइएको छ । ‘हामीले सिफारिस गरेअनुसार नभई मनपरी निर्णय गरेर काम गर्दा स्वीकार्य छैन’, उनले भने ।

बाटोमा धेरै खाल्डाखुल्डी भएको र ए लेवलको ग्राभेल गर्ने भए पछि स्थानिय हर्सित थिए तर छदाछदैको बाटो काटी सानो भए पछि स्थानियले निर्माण कार्यमा रोक लगाएका छन । स्थानीयवासीका अनुसार पहिले नै ग्राभेल गरिएको सडकमा बीच भागमा मात्रै थप तिन टिफर मिक्स गिटी हालेर आखामा छारो हालेको बताए ।  वर्षातका बेला माटो बग्ने र सडक अझै भासिने सम्भावना रहेको जनाउँदै स्थानीयले बाँकी भागमा समेत गिटी हालेर रोलर लगाउन माग गरेका छन् । बाँकी दायाँ–बायाँको माटो कालोपत्रे बराबर नभए दुर्घटनाको जोखिम उच्च हुने स्थानिय छवि राईले बताउनु भयो ।

स्थानीय शान्ता ठकुरीले भन्नुहुन्छ  ‘हामीले गाइ गोठ, कुखुरा, बाख्रा, सुँगुरको खोर नभनी फलफुलका रुख काटी बाटो पिच गर्नका लागि जग्गा दिएका थियौं’‘अहिले बाटो त होइन मान्छे मार्ने पासो पो बनाउन थाले ।’ स्थानीय सरोकारवाला नागरिकलाई जानकारी नै नदिई डेढ कुन बेला कस्ले काम गर्दै छ थाहा हुन्न, वडाध्यक्षलाई भन्दा हामीले नै यस्तो गर्न लगाएको जवाफ दिएको स्थानिय निरबहादुर मगर बताउनु हुन्छ ।

यता वडा नम्बर ८ का वडाध्यक्ष नविन कार्कीले भने ठेकेदार कम्पनी सँग समन्वय गरी स्थानीयको माग अनुसार कालोपत्रे बाहेकको भागमा गिटी हाल्ने सहमति भएको बताउनु भयो । वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले कामको क्रमागत रुपमा हुदैछ कालो पत्र हुनासाथ बाटो पुरै एकै लेवलको हुने जानकारी दिएका दिनु भयो । निर्माण क्षेत्रमा कुन तहको सरकारको बजेट हो, कति बजेटको हो, कति लम्बाई चौडाइको सडक हो, कहिले सुरु कहिले सम्पन्न हुनेबारे भन्ने आयोजनाको सूचना पाटी समेत राखिएको छैन । स्थानीयले पारदर्शीतामा समेत आशंका गरेका छन् । स्थानीयवासीले आफ्नो माग पूरा नभएसम्म कुनै ‘उधारो आश्वासन’ नमानेर निर्माण कार्य रोक्ने अडान लिएका छन् ।

सम्बन्धित खवर