डाँस खोलाबाट रातारात गिटीबालुवा चोरी, संबन्धीत निकाय बेखवर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

डाँस खोलाबाट रातारात गिटीबालुवा चोरी, संबन्धीत निकाय बेखवर

पथरी, १७ बैशाख/ मोरङको पथरी शनिश्चे १० स्थित डाँस खोलामा रातारात खोला उत्खन्न भएको छ । तर उत्त विषयमा जिल्ला प्रसासन कार्यलय मोरङ, पथरी शनिश्चरे नगरपालिका, ईलाका प्रहरी कार्यलय पथरी, बेखवर रहेको छ ।


स्थानियका अनुसार एसियन हाइवे निमाणमा प्रयोग गरिएका मजदुर र टिफर प्रयोग गरि मिक्स गिटी र बालुवा चोरी भएको बताएका छन । यता एसियन हाइवे निमाणमा यातायातको जिम्म पाएका हरि पराजुलीले भने हाम्रा गाडी घोड प्रयोग नभएको र कम्पनीले नियम विपरित त्यसरी कहि कतैबाट पनि खोला उत्खन्न नगरेको बताएका छन ।

जिल्ला प्रसासन कार्यलय मोरङका प्रमुख इन्द्र देव यादवले खोला उत्खन्नबारे जानकारी नभएको भन्दै पथरी शनिश्चरे नगरपालिका र ईलाका प्रहरी कार्यलय पथरीलाई यसबारे खोजी गरि कार्वाही गर्न निर्देशन दिने बताए । तर दुई दिन वित्दा पनि पथरी शनिश्चरेका कुनै पनि संबन्धीत निकायलाई यसबारे जानकारी नभएको बताएका छन ।

 

महेन्द्र राजमार्ग संगै जोडिएको डाँस खोलाबाट करिव पाँच सय मिटर दक्षिण वृक्षरोपण गरेको स्थानमा उत्खन्न हुदा पनि संबन्धीत निकाय बेखवर रहेको छ । बैशाख १५ र १६ गते ठुलो मात्रामा खोला उत्खन्न भएको स्थानिय बताउछन । स्थानियका अनुसार राति तिन बजे देखि उज्यालो हुनु अगाडी नै उत्खन्न हुने गरेको बताएका छन् ।

यता पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रसासकृय अधिकृत शशि राईले भने खोला ठेक्क नलागेको समयमा त्यसरी उत्खन्न गर्न नपाईने बताएको छ । पथरी शनिश्चरे भित्र पर्ने खोला उत्खन्नबारे आफुलाई जानकारी भएकाले खोजि गर्ने भन्दै र यस्को संरक्षण गर्ने जिम्म ईलाका प्रहरी कार्यलय पथरीको रहेको राईले बताए ।

सव–डिभिजन वन कार्यलय पथरी शनिश्चरेका प्रमुख त्रिभुवन शाहा उत्त विषयमा आफुलाई कुनै पनि जानकारी नरहेको बताएका छन भने ईलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन विक्रम दाहालले पनि जानकारी नभएको बताए ।

सम्बन्धित खवर