पथरी शनिश्चरे -०२ को बुद्धचोक स्थित सिड्लिङ मन्टेश्वरी स्कुलले नौं औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह भव्यताका साथ मनाएको छ।
आज सोमबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले यस विद्यालयले मन्टेश्वरी शिक्षण पद्धति अवलम्बन गर्दै बालबच्चाप्रतिको लगानी सबैभन्दा महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

प्रमुख अतिथि समेत रहनुभएका तुम्वापोले मन्तव्यका क्रममा भन्नुभयो–‘बालबच्चाप्रतिको लगानी हाम्रो जीवनमा सबैभन्दा महत्वपूर्ण हुन्छ र भविष्यमा निक्कै उपलब्धिमुलक हुनेछ
हरियाली सामुदायिक वनको सभाहलमा मन्टेश्वरीका नानीबाबुहरुको विविध प्रस्तुतिहरु दिएका थिए । मन्टेश्वरीका अध्यक्ष तथा प्रिन्सिपल बिन्दु चेम्जोङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा सदस्यहरु क्रमशः खिलनाथ घिमिरे, चन्द्रकुमार राई , अम्विका लिम्बु, सिता दर्जी, वडा सचिव गोमा पौडेल र अभिभावकहरूको उपस्थिति रहेको थियो।

विद्यालयले विभिन्न तहका बालबालिकाहरूलाई विभिन्न विधाहरूमा पुरस्कृत गरेको थियो। उक्त अवसरमा स-साना नानीबाबुहरूले सुन्दर गायन, नृत्य तथा अन्य प्रस्तुती दिएका थिए। हाल सम्म विद्यालयले मन्टेश्वरी शिक्षण पद्धति अवलम्बन गर्दै विगत ९ बर्ष देखि शिक्षा प्रदान गर्दै आईरहेको छ।
















