खेलाडी उत्पादन गर्न फुटवल प्रशिक्षण गर्दै वडाहरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

खेलाडी उत्पादन गर्न फुटवल प्रशिक्षण गर्दै वडाहरु

अर्जुन काफ्ले/पथरी, १५ चैत
मोरङको पथरीशनिश्चरे नगरका २ वटा वडाहरुले ग्रासरुटवाट फुटवल खेलाडी उत्पादन गर्ने उद्धेश्य राखेर फुटवल प्रशिक्षण कार्यक्रम ल्याएका छन् । पथरीशनिश्चरे वडाको २ नम्वर र ८ नम्वर वडाले फुटवल खेलाडी उत्पादन गर्न ग्रासरुट फुटवल प्रशिक्षण कार्यक्रम सुरु गरेका हुन् ।

वडा नम्वर २ ले ए डिभिजन र वि डिभिजन लिगमा उत्कृष्ट प्रर्दशन गरेका फुटवलरलाई प्रशिक्षकको जिम्वेवारी दिएको छ । चर्च व्याइज युनाइटेडलाई लिग उपाधी दिलाउदाका मुख्य खेलाडी सन्तोष न्यौपाने र वि डिभिजनको आरसिटीवाट खेलेका अनिल चुडाल र लाल वहादुर लावतीलाई प्रशिक्षकको जिम्मेवारी दिएको वडा अध्यक्ष नैना राईले जानकारी दिए ।

वडाकै ३ वटा खेल मैदानमा ६० भन्दा वडी नयाँ फुटवल खेलाडीले प्रशिक्षण गर्ने छन् । पन्चायत मावीको खेल मैदान, वन सिमाको गोल चौरी र बास घरे चौरीमा प्रशिक्षण सुरु गरिएको हो । फुटवल क्षेत्रवाट पनि राष्ट्रलाई योगदान दिन खेलाडी उत्पादनको कार्यक्रम ल्याइएको हो ।

त्यस्तै वडा नम्वर ८ ले समेत खेलाडी उत्पादनका लागी फुटवल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पथरी शनिश्चरे ८ मा भर्खरै निर्माण सम्पन्न बुद्घ मावीको (प्रस्तावित नगर रंगशाला) मा फुटवल खेलाडीले प्रशिक्षण गर्ने भएका छन । वडा नं. ८ ले पनि वजेट विनियोजन गरेर फुटवल प्रशिक्षण सुरु गरिएको छ । पहिलो चरणमा वडाको एक स्थानमा फुटवल ग्राउण्ड भएकाले धेरै खेलाडीलाई समेटने प्रयास गरिएको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिए ।

पथरी शनिश्चरे नगरमा मात्रै आधा दर्जन खेलाडी वि डिभिजन लिगमा सहभागी भएका छन् । १४ वर्ष देखी १८ वर्षका खेलाडीले दुवै वडाले सु्रु गरेको फुटवल प्रशिक्षणमा सहभागी भएका छन् ।
यसरी स्थानिय सरकारले नै खेलाडी उत्पादनका लागी कार्यक्रम ल्याउनु सकारात्मक भएको फुटवल खेलाडीहरु वताउछन् ।

सम्बन्धित खवर