रबिन्द्र बराल/चैत्र १४ बिहीबार
श्री सूर्यदल गण हे.क्वा.देवीडाडा व्यारेकले ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं.४ प्युटार स्थित बुढादेवी थानको सामुदायिक बनमा अचानक लागेको आग्लागी नियन्त्रणमा लिएको छ । श्री सूर्यदल गण हे.क्वा.देवीडाडा व्यारेक ललितपुरबाट खटिएको टोलिले आगो नियन्त्रण सगै फायर लाईन समेत निर्माण गरेको छ ।

उप सेनानी बिदुर विष्टको कमाण्डमा गएको नेपाली सेनाको फायर नियन्त्रण टोलीले नेपाल प्रहरी तथा स्थानीयहरुको सहकार्यमा वनको आगो पुर्ण रूपमा नियन्त्रणमा लिएको हो । टोलीले स्थानीय बासिन्दा चौपाय तथा मनाविय क्षति हुनबाट जोगाउन सफल भएको सेनानी राजु थापाले बताए । टोलीले आगो नियन्त्रण साथै फायर लेन निर्माण गरी अति जोखीममा रहेका १ सय घरपरिवारलाई सुरक्षित गर्न सफल भएको हो । स्थानिय बासिन्दाहरुलाई सुरक्षीत राखि करिव ५० वटा गोठ समेत बचाउन सफल भएको छ ।

















