प्रथम संङ्गिनी महोत्सव सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रथम संङ्गिनी महोत्सव सम्पन्न

गोपाल काफ्ले/पथरी, २५ फागुन
मोरङ्गको पथरी शनिश्चरे नगरपालिकामा प्रथम संङ्गिनी महोत्सव सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सहयोग सम्पन्न कार्यक्रममा नगरका विभिन्न ८ वटा संङ्गिनी समुहले संस्कार सहितको संस्कृती झल्कने नाच प्रस्तुत गरेका थिए ।

पुर्वेली संस्कार संस्कृती झल्कने संङ्गिनी नाचको संरक्षण र प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको महिला जागरुक हरिकिर्तन तथा संङ्गिनी समुहकी सचिव यसोदा पोख्रेलले बताउनु भयो । महोत्सवले नेपाली संस्कृती ‘संङ्गिनी नाच’ संरक्षणका लागी नेपालमै पहिलो पटक महिला जागरुक हरिकिर्तन तथा संङ्गिनी समुह पथरी शनिश्चरेमा आयोजना गरेको दावी गरेको छ ।

नेपालको पुर्वी क्षेत्रमा नाचिने संङ्गिनी नाच लोपउन्मुख हुदै गएको कारण संङ्गिनी नाच संरक्षण गर्न समुहले महोत्सव आयोजना गरेको संमुहका सल्लाहकार अर्जुन काफ्लेले जानकारी दिनु भयो । सल्लाहकार काफ्लेले महिला जागरुक हरिकिर्तन तथा संङ्गिनी समुह संङ्गिनी समुहले गरिरहेका कार्यवारे वताउनु भयो । महोत्सवमा कवि तथा खोजकर्ता भुपेन्द्रराज तिम्सिनाले संङ्गिनी नाचको अवधारणा प्रस्तुत गर्नु भएको थियो ।

महोत्सवमा शुभकामना दिदै पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले संस्कार संरक्षणका लागी नगरपालिकाले सहयोग गर्ने वताउनु भयो । नगर प्रवक्ता नविन कार्की, वडा नम्वर ४ का अध्यक्ष लोककिरण न्यौपानेले नेपालमै पहिलो पल्ट संस्कार र संस्कृती संरक्षणका लागी महोत्सव आयोजना हुनु सकारात्मक भएको वताउनु भयो ।

संस्कृति बचाउने उदेश्यका साथ पथरी शनिश्चरे नगरको आर्थिक सहयोगमा भएको महोत्सवमा बोल्दै शिक्षा शाखा प्रमुख नविन खुलालले संङ्गिनी नाचले संस्कार र संस्कृती संरक्षणको साथै नैतिक शिक्षा, धर्मको संरक्षण गर्ने बताउदै खराव आचरणबाट जोगाउने बताउनु भयो । नगरकै गौरव बढाउन देशमै पहिलो महोत्सव आफ्नै वडामा गर्न पाउदा संस्कृती संरक्षणका लागी राम्रो काम भएको वडा नम्वर ३ का अध्यक्ष विजय लिम्वुले बताउनु भयो ।

महोत्सवले पुर्वी भागमा चलेका भाकाहरुका वारेमा चर्चा गरिएको थियो । कार्यक्रम २४ गते शनिवार महिला जागरुक हरिकिर्तन तथा संङ्गिनी समुहको आयोजनामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर