गोपाल काफ्ले / पथरी, १७ माघ
कोसी प्रदेश पहाडको बसाई सराई रोक्नकै लागि पनि धनकुटा र ताप्लेजुङमा सबै उपचार हुने गरिको सुविधा सम्पन्न सय सैसाको अस्पताल निमार्ण प्रकृयामा लागेको मुख्यमन्त्रि हिक्मत कुमार काकीले बताउनु भएको छ । पुर्व राष्ट्रियपति विद्यादेवि भण्डारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर अवलोकन कार्यक्रममा बोल्दै मुख्यमन्त्रि कार्कीले उत्त कुरा बताउनु भएको हो ।

माघ १७ गते विहिबार पुर्व राष्ट्रियपति भण्डारीले मोरङको उर्लाबारी ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको बारेमा अवलोकन गर्दै जानकारी लिनु भएको छ । पुर्व राष्ट्रियपति भण्डारीलाई अस्पतालका बारेमा अस्पताल मेडिकल सुपरीटेण्डेण्ट डा. रवी कुमार शाहले जानकारी गराउनुका साथै भावि योजनाका बारेमा जानकारी गराउनु भएको छ ।
उत्त कार्यक्रममा जननेता मदन भण्डारीको नाम जोडीएको ट्रमा सेन्टरलाई चाडै सबै पुर्वाधार तयार गर्न सरकार लागि परेको मुख्यमन्त्रि कार्कीले बताउनु भएको छ । मदन भण्डारी अस्पताल संगै धनकुटाको धनकुटा अस्पताल र ताप्लेजुङ अस्पताललाई स्तरवृद्धी गर्दै सय सैयाको अस्पताल बनाउन प्रदेश सरकार लागेको कार्कीले जानकारी दिनु भएको छ ।

मुख्यमन्त्रि हिक्मत कुमार कार्कीले कोसी प्रदेशका तिन अस्पताललाई सय सैयाको अस्पतालमा स्तर वृद्धि गर्ने बताउनु भएको हो। पहाडको बसाई सराई रोक्न धनकुटा र ताप्लेजुङको अस्पताल स्तरउन्नती गर्ने साथै मदन भण्डारी अस्पताललाई नमुना अस्पताल बनाउन कोसी प्रदेश सरकार लागि परेको मुख्यमन्त्रि कार्कीले बताउनु भयो । पाहाडको जनसंख्या घट्दै गएको र उर्भर जमिन बाझो भएर जंगली जनावरको राज भएको कार्कीले बताउनु भयो । पाडाडी भेगमा सुविधा सम्पन्न अस्पताल भए पाहाडको माइग्रेसन रोकिने कार्कीले बताउनु भएको छ ।
पहाडको बसाई सराई रोक्नकै लागि पनि धनकुटा र ताप्लेजुङमा सबै उपचार हुने गरिको सुविधा सम्पन्न सय सैसाको अस्पताल निमार्ण प्रकृयामा कोसी प्रदेश सरकार लागेको कार्कीले जानकारी दिनु भएको हो । अस्पतालमा विमा वोडले रकम भुक्तानी गर्न ठिलाई गरेता पनि अस्पताललाई चाहिने भौतिक संरचना पुरा गर्न प्रकृर्या अगाडी बढेको प्रदेश सांसद उमाकान्त गौतमले बताउनु भएको छ ।
कोसी प्रदेशकै सरकारको गौरवको आयोजना नमुना अस्पतालमा ट्रमाका सम्पुर्ण सेवाका साथ ईमेर्जेन्सी सेवा, भिडियो एक्से , सिटी स्कयान, आकस्मिक, ओ.पी.डी., प्रयोगशाला, अन्तरंग, रेडियोलोजी/रेडियोग्राफी, फार्मेसी, फिजियोथेरापी, नेत्ररोग, चिरफार, खोप, एम्बुलेन्स, पोष्टमार्टम तथा फ्रिजर, प्रसुती तथा सुरक्षीत गर्भपतन सेवा, नेत्ररोग सेवा दिदै आएको छ ।
वि.सं. २०४९ साल चैत्र मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सुरु अस्पताल २०७२/७३ मा १५ शैया सहितको मंगलबारे अस्पताल हुदै २०७७ श्रावण देखी ५० शैयाको अस्पताल सहित ट्रमा सेन्टरको रुपमा स्तरोन्नती भएको हो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बराल, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, केन्द्रिय सदस्य युवराज बास्कोटा, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, लगायत एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
















