पुर्व राष्ट्रियपति भण्डारीद्धारा मदन भण्डारी अस्पतालको अवलोकन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पुर्व राष्ट्रियपति भण्डारीद्धारा मदन भण्डारी अस्पतालको अवलोकन

गोपाल काफ्ले / पथरी, १७ माघ  
पुर्व राष्ट्रियपति विद्यादेवि भण्डारीले मोरङको उर्लावारी, ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको निरिक्षणका गर्नु भएको छ । पुर्व राष्ट्रियपति भण्डारीले अस्पतालले दिने सेवा सुविधा, भौतिक स‌रचना, अस्पतालमा भएका सामाग्री र स्वास्थ्य कर्मचारीहरुको दर्वन्दी साथै अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।  पुर्व राष्ट्रियपति भण्डारीलाई अस्पतालका बारेमा अस्पताल मेडिकल सुपरीटेण्डेण्ट डा. रवी कुमार शाहले जानकारी गराउनुका साथै भावि योजनाका बारेमा जानकारी गराउनु भएको छ ।

१५ सयैको मात्र दर्वन्दि रहेको अस्पतालले ५५ सैयाको सेवा दिदै आएको अस्पताल मेडिकल सुपरीटेण्डेण्ट डा. रवी कुमार शाहले बताउनु भएको छ । ५० सैयाको मात्र अनुमति भए पनि विरामिको चापले ५५ सैयाको सेवा दिदै आएको र उपकरण सामाग्री प्रयाप्त हुना साथ अस्पतालले चाडौ ६० सैया सेवा दिने छ डा‍. शाहाले बताउनु भएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्रि हिक्मत कुमार कार्कीले कोसी प्रदेशका तिन अस्पताललाई सय सैयाको अस्पतालमा स्तर वृद्धि गर्ने बताउनु भएको छ । पहाडको बसाई सराई रोक्न धनकुटा र ताप्लेजुङको अस्पताल स्तरउन्नती गर्न कोसी प्रदेश सरकार लागि परेको मुख्यमन्त्रि हिक्मत कुमार कार्कीले बताउनु भएको छ ।अवलोकन कार्यक्रममा बोल्दै काकीले जननेता मदन भण्डारीको नाम जोडीएको ट्रमा सेन्टरलाई चाडै सबै पुर्वाधार तयार गर्न सरकार लागि परेको बताउनु भएको छ ।

अस्पतालमा विमा वोडले रकम भुक्तानी गर्न ठिलाई गरेता पनि अस्पताललाई चाहिने भौतिक संरचना पुरा गर्न प्रकृर्या अगाडी बढेको  प्रदेश सांसद उमाकान्त गौतमले बताउनु भएको छ ।

कोसी प्रदेशकै सरकारको गौरवको आयोजना नमुना अस्पतालमा ट्रमाका सम्पुर्ण सेवाका साथ ईमेर्जेन्सी सेवा, भिडियो एक्से , सिटी स्कयान, आकस्मिक, ओ.पी.डी., प्रयोगशाला, अन्तरंग, रेडियोलोजी/रेडियोग्राफी, फार्मेसी, फिजियोथेरापी, नेत्ररोग, चिरफार, खोप, एम्बुलेन्स, पोष्टमार्टम तथा फ्रिजर, प्रसुती तथा सुरक्षीत गर्भपतन सेवा, नेत्ररोग सेवा दिदै आएको छ ।

वि.सं. २०४९ साल चैत्र मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सुरु अस्पताल २०७२/७३ मा १५ शैया सहितको मंगलबारे अस्पताल हुदै  २०७७ श्रावण देखी ५० शैयाको अस्पताल सहित ट्रमा सेन्टरको रुपमा स्तरोन्नती भएको हो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बराल, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, केन्द्रिय सदस्य युवराज बास्कोटा, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, लगायत एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर