अर्जुन काफ्ले / पथरी ११ माघ
पथरीशनिश्चरे ३ नम्वर वडा कार्यालयले क्रिकेट खेलाडीका लागी आवश्यक पर्ने खेल सामाग्री वितरण गरिएको छ । वडाले आज शुक्रबार एक कार्याक्रमका विच क्रिकेट व्याट, क्रिकेट वल र प्रशिक्षणका लागी आवश्यक खेल सामाग्री वितरण गरेको हो ।

वडाका क्रिकेट खेलाडीहरुको सकृयता र उपलब्धीले नगरकाे गरिमा राखेका कारण वडाले प्रशिक्षणका लागि २५ हजार बराबरको क्रिकेट सामाग्री सहयोग गरेको वडाध्यक्ष विजय लिम्बुले बताए । नगरका क्रिकेट खेलाडीलाई खेल सामाग्री उपलब्ध गराउन नेपाल खेलकुद महासंघ पथरी शनिश्चरे नगर सचिव अर्जुन काफ्लेले पहल गर्दै आएका छन।
खेलकुद सामाग्री नभएका कारण क्रिकेट खेलाडीले प्रतियोगीता अरुकै सामाग्री प्रयोग गर्नु परेको र वडाको सहयोगले उत्त समस्या हटेको खेलाडी दिपेश भण्डारीले बताए । खेलाडीहरुले वडामै एउटा क्रिकेट मैदान र प्रशिक्षणका लागी नेट भए थप सक्रियता वडने नेपाल खेलकुद महासंघ पथरी शनिश्चरे नगर सचिव अर्जुन काफ्लेले बताए ।
सो कार्यक्रममा क्रिकेट खेलाडीहरु जिल्ला स्तरीय लिग खेलेका पथरी शनिश्चरे ३ का क्रिकेट खेलाडी समित राई, अभिषेक विक, दिपेश भण्डारी लगायतको उपस्थिती रहेको थियो । पथरीशनिश्चरे वडा नं ३ क्रिकेट खेलको हवका रुपमा चिनिन्छ ।
















