पथरी शनिश्चरेमा प्रभावकारी बन्दै शिक्षा संगै सिप कार्यक्रम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी शनिश्चरेमा प्रभावकारी बन्दै शिक्षा संगै सिप कार्यक्रम

साइनोसमाचारदाता/ पथरी, ८ माघ 
मोरङको पथरी शनिश्चरे वडा नम्वर ८ का सुप्रिम विक र पर्वत चौधारी जस्तै अन्य विद्यार्थीहरुको दैनिकी फेरिएको छ । उनिहरुको विद्यालयमा सिकेको सिपले गाँउघरमा समेत सहयोग पाएको छ । उनिहरु पथरी शनिश्चरे वडा नं‌‍ ८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्यायन गर्छन् । अध्यायन संगै इलेक्ट्रिकसिटी, प्लम्विङ पशुपालन तालिम समेत लिदै आएका छन् ।

पथरी शनिश्चरे वडा नम्वर ८ ले बिद्यालयमा सुरु गरेको पशुपालन, इलेक्ट्रिकसिटी, प्लम्विङ, फेशन डिजाइन, नृत्य र गायनले विद्यार्थीमा सिपको विकास भएको छ । विद्यालयमा शिक्षा संगै सिकेको सिप कार्यक्रमले विद्यार्थी पर्वत चौधारीलाई आत्माबल बढेको छ । चौधारीले विधालयमा इलेक्ट्रोनिक विषयको तालिम लिइरहेका छन् । अहिले उनि गाँउघरका विद्युतका सामान्य समस्या हेर्न र बनाउन थालिसकेको छन् । त्यस्तै पशुपालन विषयको तालिम लिइरहेका सुप्रिम विकको परिवारमा समेत कृषी क्षेत्रमा ठुलै सहयोग पुर्याउने छ । उनि पशु पालन र व्यावस्थापन मात्र नभएर सामान्य रोगको निदान र उपचारका विषयमा समेत अध्यायन गर्न थालेका छन् ।

वडाले ल्याएको कार्यक्रमले सुरुवातमै निक्कै प्रशंशा पाएको थियो । वडाले सुरु गरेको कार्यक्रमलाई पथरी शनिश्चरे नगरपालिकाले समेत सहयोग पु¥याएको छ । वडा भित्रका तिन विद्यालयले सुरु गरेको शिक्षा संगै सिप कार्यक्रम प्रभावकारी बन्दै गएको हो । यहि आर्थिक वर्षवाट सुरु भएको सो कार्यक्रमबाट विद्यार्थीले प्रत्यक्ष लाभ लिईरहेका छन । विद्यार्थीलाई प्रारम्भिक र शौदान्तीक ज्ञान संगसंगै प्राविधिक र व्यावहारिक ज्ञान सिपले आत्मनिर्भर वनाउने उदश्यले वडाले सो कार्यक्रम सन्चालनमा ल्याएको हो ।

वडाको बुद्ध मावी, मिलन आधारभुत विद्यालय र दुर्गा आधारभुत विद्यालयमा शिक्षा संगै सिप कार्यक्रम सुरु भए पछि विद्यार्थीको आर्कषण समेत वडन थालेको छ । आधारभुत विद्यालयमा नृत्य र गायनका कक्षा सुरु भएको छ भने बुद्ध मावीमा पशुपालन, इलेक्ट्रिकसिटी ,प्लम्विङ र फेशन डिजाइनका कक्षा सुरु भएको छ । जसका कारण विद्यार्थीहरु नियमित विद्यालय आउन थालेका छन् । वडा अध्यक्ष नविन कार्कीका अनुसार वडाले वार्षिक कार्यक्रम बनाएरै शिक्षा संगै सिप कार्यक्रम सुरु गरेको बताउनुहुन्छ । अध्यक्ष कार्की भन्नु हुन्छ ‘हामीले तालिम सन्चालन गर्नुको उदेश्य शौदान्तीक शिक्षा संगै व्यावहारीक शिक्षामा पनि लागु गर्नु हो । एउटा विद्यार्थीले आफ्नो घरको सामान्य समस्या समाधान गर्न अर्को व्याक्ति वोलाउने वाध्यता हटाउन पनि यो कार्यक्रम सुरु गरिएको हो’ । विद्यालय जिवनवाट वाहिरिदा दक्ष प्राविधिक भएर बाहिर निस्कन सहयोग होस भनेर कार्यक्रम थालिएको वडा अध्यक्ष कार्कीले बताउनु भयो ।

वडाले सुरु गरेको यो कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञान संगै व्यावहारिक कुरामा पनि पोख्त बनाउने बुद्ध मावीका प्रध्यानाध्पक बोधराज सिग्देलको भनाई छ । जसले घरमै भएका सामान्य समस्यालाई प्राविधीक बोलाएर समय र पैसा खर्चनु भन्दा विद्यालयमा सिकेका सिपले विद्यार्थीमा रोजगारी सृजना हुने प्रध्यानाध्पक सिग्देल बताउनु हुन्छ । वडाले सुरु गरेको यो कार्यक्रमलाई नगर भरिका विद्यालयमा पनि लागु गर्न सके स्वदेशमै दक्ष जनशत्ती उत्पादन हुने र स्वरोजगारी हुनेमा दुइमत छैन् ।

सम्बन्धित खवर