साइनो समाचारदाता/पथरी, ६ मंसिर
लक्ष्य प्राप्तीका लागि संसारकै उत्कृष्ट कार्य गर्नु पर्ने नेपालका चर्चित कलाकार स्टेन्डप कमेडियन सन्दिप क्षेत्रीले बताउनु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा अवस्थित रेडस्टार ईङ्लिस बोडिङ स्कुलले आयोजना गरेको “सन्दीप क्षेत्रि संग जीवनको लागि हाँसो” भन्ने कार्यक्रममा बोल्दै विद्यार्थी जिवन लक्ष्य प्राप्तीको आधार रहेको बताउनु भयो ।

क्षेत्रिले विद्यार्थी जिवनमा पाएको मौकालाई सहि सदुपयोग गर्न सके आफुले लिएको लक्ष्य प्राप्त हुने भएकाले अध्यायन संग संगै लक्ष्य प्राप्ती सिकाईमा लाग्नु पर्ने बताउनु भयो । क्षेत्रिले विद्यार्थी भाईबहिनीहरुले आफुभित्र भएको उर्जालाई संसारकै उत्कृष्ट नमुना बनाउने उदेश्यले लाग्नु भए लक्ष्य प्राप्त हुने बताउनु भएको छ ।
क्षमता अभिवृद्धी कार्यक्रममा कलाकार संदीप क्षेत्रीको उत्प्रेरणाले पढाई र सिकाईमा थप उर्जा मिलेको विधार्थी कृतिका भट्टराईले बताईन । विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धी गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रममा प्लस टु र ब्याचुलरका करिव तिन सय विद्यार्थीको सहभागि रहेको थियो ।
विध्यालयको अलवा समुदायका विशिष्ट ब्यात्तीबाट पनि शिक्षा (ज्ञान) आर्जन गर्ने सकिन्छ भन्ने उदेश्यले उत्त कार्यक्रमको आयोजना गरेको प्रिन्सिपल टि एन तिम्सिनाले बताउनु भयो । विद्यार्थी लक्षित “सन्दीप क्षेत्रि संग जीवनको लागि हाँसो” विषयमा कलाकार क्षेत्रिको उपस्थितीले विद्यार्थीको क्षमता अभिवृद्धीमा थप उर्जा मिल्ने विध्यालयका निर्देशक राजु तिम्सिनाले बताउनु भयो ।

















