साइनो समाचार/पथरी, २ माघ
५ बर्ष अघि मोरङ पथरीशनिश्चरे ४ का पासमान समुदायमा निक्कै खुसी छायो । सहलेस महाराजको मन्दिरमा आफ्नै समुदायका बन्ने भए पछि छरिएर रहेका पासमान समुदाय पनि एक भए । २०७७/७८ मा पथरी शनिश्चरे नगरपालिकाको एक लाख ७५ हजार सहयोग र जनश्रमदानबाट मन्दिर बन्न सुरुत भयो तर पुरा भने हुन सकेन ।

पुर्व जनप्रतिनिधीको कार्यकाल सकिए संगै मन्दिर अलपत्र भयो । ५ बर्ष देखि नगरको सहयोग नपाएकाले मन्दिर निर्माण कार्य अलपत्र भएको छ । वजेट अभावमै महाराज मन्दिर निर्माण कार्य अलपत्र भएको हो मन्दिर निमार्ण समितिका सचिव संजय पासमान बताउछन । पसमान समुदायले वैशाक १ र असार पुर्णिमामा धार्मिक परमपरा अनुसार आफ्नो कुल पृत्रि सहलेस महाराजको पुजा गदै आएका छन् ।
सहलेस महाराजलाई पासमान समुदायले शूरवीर र न्यायप्रिय शासकका रूपमा स्मरण गर्दै आएका छन । सहलेस महाराजले आफ्नो क्षेत्र र प्रजाको रक्षा गर्न धेरै युद्ध लडेको सम्झनामा वैशाक १ र असार पुर्णिमामा पुजा गर्दै लोकगाथा, लोकगीत, र नृत्य गर्ने गरेको पाइन्छ ।
सहलेस महाराज तराईमा वसोवास गर्ने मधेसी समुदायको एक महान योद्धा, राजा, र लोक नायक मानिन्छन् । विशेषगरी तराई क्षेत्रमा झापा देखि सप्तरी सम्मका मिथिला सभ्यताका मधेशी थारूहरुले सहलेस महाराजलाई एक ऐतिहासिक तथा सांस्कृतिक व्यक्तित्व मन्ने गरेका छन ।
समयको अन्तराल संगै छरिएर रहेका पथरी शनिश्चरेका पासमान समुदायहरुको आग्रह थियो सलहेस महाराजको मन्दिर बनाइदिन । मन्दिर अभावमा खुल्ला चौउरमा घेराबारा गरि पुजापाठ गर्दै आएका पासवान समुदायको मन्दिर बनाउन पुर्व वडाध्यक्ष गोविन्द भण्डारी आफै अघि सरेको भागवत पासमान बताउछन । सलहेस महाराजको मन्दिर गाँउमै बन्ने र कुलपित्री र देविदेवताको पुजापाठ हुनेमा पासवान समुदाय ठुक्क थिए ।
५ वर्ष अघि निर्माण सुरु भएको सलहेस महाराजको मन्दिर आर्थिक अभावकै कारण निर्माण पुरा हुन सकेको छैन । सो मन्दिर निमार्ण पुरा गरिदिन स्थानिय पासवान समुदायले पथरी शनिश्चरे नगरलाई पटक पटक आग्रह गरेको जग्गादाता दिलिप पासवान बताउछन् । पथरीशनिश्चरे वडा नं. ४ मा २५÷३० घर पासमान छन तर मन्दिर नभएकै कारण दैनिक पुजापाठमा समस्या भएको दिलिप बताउछन ।
२०५४ सालमा स्थानिय जोगीलाल पासवान र दिलिप पासवानले १ कट्टा जग्गा मन्दिर स्थापना गर्न जग्गा दान गरेका थिए । नगरको सहयोग र स्थानिय पासवान समुदायले आफै पैसा संकलन गरेर मन्दिरको पिल्लर र छट सम्म निर्माण गरे । तर आर्थिक संकलन नभएपछि निर्माणकार्य बन्द भएको स्थानीय गुण बहादुर खड्का बताउनु हुन्छ ।
मन्दिर बन्न नसके पछि सोहि जग्गामा ४ वर्ष अघि स्थानिय वालवालिका पढाउन वाल केन्द्र समेत सन्चालन भएको थियो । अहिले वालकेन्द्र स्थानिय विद्यालयमा मर्ज भए संगै वालकेन्द्रको भवन समेत अलपत्र रहेको छ ।
मन्दिर निर्माणका लागि नगरपालिका सम्म पुगेको तर नगरवाट कुनै पनि सहयोग नभएको स्थानिय भागवत पासवानको गुनासो छ । वाँसका भाटाले बेरेको मन्दिरलाई कक्रिट वनाउन तत्कालिन उपमेयर यमुना विष्टले आश्वसन दिनु भएको थियो । विष्टले नै रकम विनियोजन गरेर मन्दिर निर्माण सुरु भयो । विष्टको कार्यकाल सकिए संगै कुनै जनप्रतिनिधीले कुरै सुन्न छोडेको पासवानको भनाई छ ।
उत्त स्थानमा प्रत्येक वैसाक १ र असार पुर्णिमामा पथरी शनिश्चरे नगर भरिका पासवान समुदाय भेला भएर समुहिक सहलेस महराजको पुजा गर्ने गर्दछन । ०७७÷७८ मै पुरानो संरचना भत्काएर नयाँ मन्दिर वनाएर पुजा गर्ने चाहना थियो जग्गादाता दिलिप पासवानको । दिलिप भन्छन् ‘पुजा गरेको स्थानमा कुकुर विरालो समेत पुग्ने अवस्था छ खुल्ला स्थानमा हामी पुजा गर्दछौ ।
पटक पटक नगरपालिका र वडामा गए पनि आश्वासन मात्रै पाइरहेका नारायण पासमान बताउछन । नारायणका अनुसार अहिलेका जन प्रतिनिधीले वेवस्था गरेका कारण मन्दिरले पुर्ण रुप पाउन नसकेको हो । मन्दिर वनाउने र वरपरको भागमा तारधेरा गर्ने योजना बनाएका छन् । यसको निर्माण कार्यमा स्थानिय पालिकाले सहयोग गर्र्नु पर्ने नारायण बताउछन् ।
मधेश क्षेत्रका महत्वपूर्ण दलित समुदाय मध्ये एक हुन् पासवान समुदाय । नेपालको तराई क्षेत्रका जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कैलाली, र कञ्चनपुर जस्ता जिल्लाहरूमा बसोबास गर्छन् । पासवान समुदायको सामाजिक, आर्थिक, र शैक्षिक अवस्था अझै पनि चुनौती पूर्ण छ । यस समुदाय परम्परागत रूपमा श्रममुखी, कृषि र घरेलु काममा निर्भरता राहेको छ । नेपालमा मधेश प्रदेशको सिराहा जिल्लाको लाहान नगरपालिकामा सहलेस फुलवारीमा रहेको छ । जहाँ सहलेस महाराजा तथा मालिनीको मन्दिर (गहबर) स्थापना गरिएको छ । त्यहाँ गरेको भाकल पूर्ण हुने जनविश्वास रहिआएको छ । नेपालमा २०७८ सालको विवरण अनुसार पासवान, दुसाध र पासी समुदायको जनसंख्या २ लाख ५० हजार ९ सय ७७ रहेको तथ्याङ्क छ ।
पश्चिमी संस्कार र सस्कृतिले हराउदै गरेको नेपाली सस्कार र सस्कृतिको संरक्षणमा तिनै तहका सरकार नलागे नेपाली सस्कार र सस्कृति लोप हुनेमा दुई मत नहोला ।
















