पार्टि परित्याग गरि विप्लव समुहमा प्रबेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पार्टि परित्याग गरि विप्लव समुहमा प्रबेश

साइनो समाचारदाता, धरान/ २१ पुष

पार्टी निति, विधी र सिद्धान्त विपरित चलेको भन्दै अन्य पार्टि परित्याग गरि नेपाल कम्यूनिष्ट पार्टि (विप्लव समुह) पुर्वका १६ जना सकृय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन । धरानमा किरात लिम्बुवान प्रदेश समितिले आयोजना गरेको “राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम तथा ध्रुविकरण” कार्यक्रममा पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टी प्रबेश गराउनु भएको हो ।

प्रशिक्षण कार्यक्रम तथा ध्रुविकरण कार्यक्रमलाई संबोधन गर्दै महासचिव विप्लवले चाडै दल दर्ता हुने र नेपाली जनतामाझ जाने बताउनु भएको छ । जनतालाई आर्थिक संग जोड्दै कृषी क्रान्ती गर्ने महासचिवले बताउनु भयो । सत्तामा रहेका पर्टीले विदेशीसँग भिख मागेर बाँचेको भन्दै यस्तो व्यवस्था फाल्नुपर्ने बताउनु भयो । विप्लवले अमेरिकाले नेपालमा आफ्ना सेना उतारेर चिन घेर्ने, कम्युनिस्टहरुलाई सक्ने र दलालहरु खडा गरेर नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्ने नीतिका साथ अगाडि बढिरहेको बताउनु भयो ।

विप्लवले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संशोधनको नाटक गरिएको बताउनु भयो । संसदीय पार्टीहरुले आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न संशोधन गरेको नटक गरेको बताउदै उत्त कार्य समेत अपराध सरह भएको उल्लेख गर्नु भयो ।

नेपाली जनता र देशको हितमा काम गर्न असफल भएपछि जनतालाई कसरी ढाँट्न सकिन्छ भन्ने गलत मनसाय बोकेर हिँड्नेहरुले देश र जनताको हकहितका लागि काम गर्न नसक्ने समेत विप्लवले ठोकुवा गरेका हुन् । अब देश र जनताको एक मात्र विकल्प समाजवादी व्यवस्था भएकोले अब सबै यहि बाटोमा आउनुपर्ने समेत विप्लवले बताएका छन् । अब फेरि सबै माओवादीहरु एकै ठाउँमा उभिने बेला आएको विप्लबले बताएका छन् । उनले आज विभिन्न पार्टीमा पुगेका पुराना माओवादी नेताकार्यकर्तालाई स्वागत गर्दै अब देशको नेतृत्व नेकपाले गर्ने समेत बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टि (विप्लव समुह) का महासचिव नेत्र विक्रम चन्द विप्लव राजनैतिक वैचारिक प्रशिक्षण तथा पार्टी ध्रुविकरण अभियानमा पुर्व नेपाल आउनु भएको छ । महासचिव विप्लवले धरानमा नेकपा, नेकपा एस र माओवादी केन्द्रका अधिकांश प्रदेश तथा जिल्ला तहका नेताहरूलाई पार्टीमा ध्रुवीकरण गर्नु भएको छ । प्रबेशहुनेहरु माओवादी नेता खेम प्रधान (बलिदान), नेकपा (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य कृपाल सुवेदी, नेकपा एसका केन्द्रीय सदस्यहरु किरण ओझा, राधा कृष्ण आचार्य, एमाले जिल्ला सदस्य रिता पासवान, जनमत पार्टीको केन्द्रीय सदस्य मन्जु सरदार लगायत १६ जना छन् ।

त्यस्तै नेकपा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका प्रदेश सदस्य हरी श्रेष्ठ, माओवादीबाटै पप्पू खान, पर्शुराम राई, धन बहादुर थापा , उषा श्रेष्ठ, गंगा गिरी, हरी बस्नेत लगायतका नेताकार्यकर्ता रहेका छन्। नेताहरु सँगै विभिन्न तहका कार्यकर्ता समेत नेकपा प्रवेश गर्ने र उनीहरुलाई महासचिव विप्लव सीले स्वागत गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिस्ट पार्टी कोशी प्रदेशका इन्चार्ज दिपेश सीले जानकारी दिए ।

सम्बन्धित खवर