साइनो समाचारदाता, पथरी/ पुष
मोरङ पथरी शनिश्चरेका लेखक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिना काठमाडौंमा राष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ । तिम्सिना १२ औं राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपि दिवसको अवसरमा “राष्टिय धराेहर बिसे नगर्ची स्मृति सम्मान २०८१” सम्मानित हुनु भएको हो । पुष १७ गते शनिबार पाटन दरवार क्षेत्र ललितपुरमा खोजकर्ता तिम्सिनालाई राष्ट्रिय धरोहर प्रतिष्ठान समाज नेपालले सम्मान गरेको हो ।

कार्यक्रममा बिशिस्ट अतिथि राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले तिम्सिनालाई दोसल्ला ओढाई अभिनन्दन पत्र सहित सम्मान गर्नुभएको थियो । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज अनुसन्धान गरि नेपालमै पहिलो पटक गुमनाम एक इतिहास बिसे नगर्ची पुस्तक प्रकाशन गरि गौरबमय इतिहास खोज, लेखन गरेकाले राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मान सम्मानित गरिएको समाजका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताउनुभयो । यहाँले इतिहासको पानामा मात्र सिमित नेपाल एकिकरणका मुर्धन्य व्यक्तित्व पृथ्वीनारायण शाहलाई उचित समयमा उचित सल्लाह दिई राज्य एकिकरणका सुपात्र बिसे नगर्चीको बिषयमा एक्लो प्रयासबाट गहिरो अध्ययन गरि दुई संस्करण गुमनाम एक इतिहास पुस्तक मार्फत इतिहासलाई पुर्न जागृत मात्र गर्नुनभई नेपालका सिल्पि समुदायको राष्ट्र निर्माणको योगदानलाई संसार सामु चिनाउन सफल हुनुभएको कदर पत्रमा भनिएको छ । राष्ट्रको श्रीबृद्दि राष्ट्रको सिर उच्च राख्न अनवरत निष्काम सेवामा तत्पर रहनु भएकोले यहाँको सत्कर्मको उच्च सम्मान गर्दै यो कदर पत्र सहित सम्मान गरिएको छ लेखिएको छ ।

खोजकर्ता तिमिल्सिनाले बिसे नगर्चीको इतिहास गोरखा सम्मनै पुगेर खोज अनुसन्धान गरि लेखेको पुस्तक दोस्रो संस्करण समेत प्रकाशन गर्नुभएको थियो । सोहि कार्यक्रममा कार्यक्रममा अन्य पत्रकार, साहित्यकार संस्कृतिकर्मी सहित १९ जनालाई सम्मान गरिएको थियो । तिमिल्सिना यश अघि सामुदायिक वन उपभोक्ता महासंघ मोरङ २०६५ अरुणोदय अंग्रेजी बिद्यालय पथरी शनिश्चरे १० २०६६ नेपाल जेसीज २०७४ पथरी जेसीज २०७४ देखि २०८१ सम्म पथरी उद्योग वाणिज्य संघ तिम्सिना समाज मोरङ जिल्ला २०७९ प्याब्सन पथरी शनिश्चरे नगर समिति भुपु सैनिक बोर्डिङ पथरी १ २०७९ फागुन बालनमुना वोर्डिङ पथरी शनिश्चरे १०, २०७९ फागुन तिमिल्सिना समाज कोसी प्रदेश २०८० पथरी शनिश्चरे, नगरपालिका १ नं वडा कार्यालय २०८० लगायतका दर्जन बढी संघ संस्थाबाट सम्मानित हुनु भएको छ ।
तिम्सिनाका हालसम्म प्रकाशित पुस्तकहरु टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, मोरङका जनप्रतिनिधि संङगालो २०७९, माइखोला देखि पुनर्वास सम्म २०८० (भुटानी शरणार्थीको कथा व्यथा) तिमिल्सिना इतिहास विगत देखि वर्तमान सम्म २०८०, गुमनाम एक इतिहास : बिसे नगर्ची २०८१ पहिलो संस्करण, गुमनाम एक इतिहास : बिसे नगर्ची २०८१ दोस्रो संस्करण रहेका छन् ।
















