प्लान्टले बस्ति जोखिममा, बालिनाली नष्ट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्लान्टले बस्ति जोखिममा, बालिनाली नष्ट

गोपाल काफ्ले /पथरी, २२ पुष 
एसियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरिखिम्तिमा बसेको प्लान्टले बातावरणमा असर परेको भन्दै स्थानियले बिरोध सुरु गरेका छन । प्लान्टबाट निस्किएको धुलो धुवा, दुशित पानी, विकार कच्चा पदार्थ र आवाजले समुदायमा असर परेको भन्दै स्थानियले कम्पनीमा प्रबेश गरि प्रतिनिधी संग आक्रोस ब्याक्त गरेका छन ।

CRFG टुन्डी JV कन्ट्रक्सनले एसियन हाईवे काकरभिट्ट लौकी सडक निर्माणको ठेक्का पाएको थियो । टुन्डी कन्ट्रक्सनका लागि बेदालय कन्स्ट्रक्सन प्रा. ली.कम्पनिले स्थानिय गंगा कटुवाल, गणेश बहादुर कटुवाल र उपेन्द्र कटुवाल संग ८ बर्षका लागि जग्गा लिज लिएर हाईवे निर्माणको काम सुरु गरेको छ । स्थानिय संगको सहकार्य विना र पथरी शनिश्चरे नगरपालिकालाई जानकारी नगराई निर्माण कार्य सुरु गरेकाले स्थानिय बिरोधमा उत्रिएका हुन । एसियन हाईवे निर्माणका लागि भन्दै बसेको प्लान्टबाट निस्किएको धुवा, धुलो, ध्वनी, दुशित पानी, विकार कच्चा पदार्थ, शौचालयको ढल लगायतले बातावरण प्रदुशीत साथै समुदाय र नजिकै रहेको सिचाई पैनिलाई दुसित पारेको छ ।

कम्पनीमा रातको समयमा प्लान्ट भित्र रहेका मेसिन चलाउनाले  ध्वनी प्रदुशण,  दुशित धुवाले मानव स्वास्थमा असर गरे पछि स्थानिय उक्त कार्य रोक्न कम्पनीलाई सुझाव दिएका छन । कम्पनिले बस्ति भित्रै प्लान्ट राख्नाले घर भित्र धुलो पस्ने र बारीमा दुसित पानी, धुलो धुवा पसि बालि नस्ट भएको स्थानिय भिम मगर बताउनुहुन्छ । कम्पनीमा रहेको प्लान्टबाट निस्किएको दुसित पानि र धुलो धुवाका कारण अघिल्लो बर्षको तुलनामा उत्पादन आधा घटको मगरको भनाई छ  ।

बस्ति भित्र रहेको प्लान्टका उपकरण र औजारबाट रातको समयमा ध्वनी प्रदुषण, वायु प्रदषण, जल प्रदुषण तथा एसियन हाईवे निर्माणमा खटिएका कर्मचारी र लेवरका लागि बनेको शौचालयबाट गाउँबासीलाई समास्या स्थानिय युवा जनक पोख्रेलले बताउछन । अझ उक्त स्थानमा प्लान्ट संगै  अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट थपिने भए पछि जिरिखिम्तीबासीमा गाउँबासीमा त्रास सृजना भएको छ । प्लान्ट घर र उब्जाउयुक्त कृषी बाली संग टसेर बनेको छ । जस्का कारण समुदायमा प्रदुशण बढेर बस्नै नसकीने भए पछि स्थानिय बिरोधमा उत्रनु परेको डाँस मोरङ्गी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष हरी निरौलाको भनाई छ  ।

नगरले पटक पटक स्थानियको राय सहित आई ई ई गरि प्लान्ट संचालन गर्न मैखिक जानकारी गराए पनि कम्पनिले वेवस्था गरेको पथरी शनिश्चरे नगरका प्रमुख प्रसासकिय अधिकृत शशि राई बतउनु हुन्छ ।

पथरी शनिश्चरे नगरपालिका भित्र यत्रो प्लान्ट बस्दा समेत नगरले कुनै चासो नदिएको कञ्चनजंघा दैविक प्रकोप ब्यावस्थापन समितिका अध्यक्ष सागर थापाको भनाई छ । यता प्लान्टले स्थानिय सरकार संग कुनै पनि समन्वयकारी भुमिका नगरेको र मनमैजी प्लान्ट राखेको वडा सदस्य विर बहादुर बस्नेतले बताए । कम्पनीले स्थानिय स्तरमा गुनासो सुनुवाई समिति बनाएको समेत थाहाँ नभएको अर्का वडा सदस्य दिलबहादुर कार्कीले बताए ।

यता कम्पनिले पारेको असर बोकेर कम्पनी प्रबेश गरेका स्थानियले उक्त स्थानमा अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट कुनै हालतमा राख्न नदिने र बातावरण असर पारेका निर्माणाधिन संरचना नहटाए कानुनी लडाई लड्न बाध्यहुने पुर्व वडा सदस्य अनोज घिमिरेको भनाई छ ।

प्लान्टले समुदायलाई असर गरेको धेरै गुनासो आएको हुदा स्थानिय समुदाय सहित कम्पनी पुगेका वडाध्यक्ष जिवन खतिवडाले कम्पनिले ए आई र आईई नगरी कुनै पनि गतिबिधी संचालन नगर्न निर्देशन दिनु भएको छ ।

लामो समय पछि हुन लागेको बिकास खुसी भएका जिरिखिम्ति बासिलाई प्लान्टबाटै निस्किएको प्रदुशणका कारणले हाईवे हेर्न नपाईने हो कि भन्ने डर सृजना हुन थालेको मदन पोख्रेल बताउनु हुन्छ । पोख्रेल भन्नु हुन्छ “उक्त कार्यको विरोध गर्यो बिकास विरोधी भन्छन नगरौ प्रदुशण ज्यान लेला भन्ने डर छ “।  स्थानियलाई असर गर्ने गरि भएका विकासले दुर्घटना निम्त्याउन सक्ने पोख्रेलले बताउनु भयो ।

सम्बन्धित खवर