देशकै उत्कृष्ट बन्यो रंगेली नगर अस्पता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

देशकै उत्कृष्ट बन्यो रंगेली नगर अस्पता

रविन्द्र बराल,रंगेली/ १२ पुष
मोरङको रङ्गेली नगर अस्पताल देशकै उत्कृष्ट नगर अस्पताल बन्न सफल भएको छ । मध्यअंक ल्याउन सफल भएको छ । नमुना अस्पतालको रुपमा चिनिएको रंगेली अस्पतालले यस बर्ष पनि ८० अंक ल्याउन सफल भएको हो । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतले सञ्चालनमा ल्याएको अस्पतालहरु मध्ये रङ्गेली अस्पताल देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको रंगेली अस्पतालका मेसु बसन्त कुमार साहले बताए ।

सुशासन र व्यवस्थापन, क्लिनिकल, म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस सूचक अनुसार मुल्यांकनको आधारमा नमुना अस्पताल बन्न सफल भएको हो । रंगेली अस्पतालले देश भरिका अस्पतालाई पछि पार्दै ८० अंक प्राप्त गरेको छ । विगत देखि नै आफुले प्राप्त गरेको ८० प्रतिशत अंक कायम राख्न सफल भएको रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले जानकारी दिनु भयो । अस्पतालले एक कार्यक्रमको आयोजना गर्दै उक्त अङ्क सार्वजनिक गरिएको छ ।

मुल्यांकन प्रत्येक ६/६ महिनामा हुदै आईरहेको छ । ६ महिनापछि रंगेली अस्पतालले धेरै मेहनत गरेता पनि थप अंक बडाउन भने सकेन । अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जाने स्वास्थ्यकर्मीहरुले बाचा गरेका छन । मेयर दिलिप बगडीयाले सवैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए । उनले आफूहरुले व्यवस्थापकीय भूमिका रहेकाले अझै व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताए । अस्पतालले अंक प्राप्त गर्न सफल भएको र आगामी ६ महिनामा हुने मुल्यांकनमा हालको अंक भन्दा माथि पुग्ने गरी लागि पर्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अझै राम्रो संग आग्रह समेत गरेका छन ।

कार्यक्रममा क्षेत्रीय निर्देशक सुरेश महत्तो, स्वास्थ्य निर्देशनालयका प्रतिमा महत्तो, मदन भण्डारी अस्पतालका रवि कुमार साह,जनार्दन पाठक, डाक्टर अपिल खनाल ,डाक्टर सुरज अर्याल,अस्पतालका अध्यक्ष देवमणि कटुवाल, सदस्य अजिम आलम, पुर्सोतम काफ्ले, डाक्टर नर्स लगायतको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर