साइनो समाचारदाता/पथरी, ८ पुष
मोरङको पथरी शनिश्चरेका युवा ब्यावसायी सौगात भट्टराईले सामुदायीक विद्यालयका ६५ बालबालिकाका लागि स्विटर सहयोग गरेका छन । भट्टराईले पथरी शनिश्चरे १० मा रहेको हिरक आधारभुत विद्यालयमा अध्यायन गर्ने ६५ विपन्न परिवारका बालबालिकालाई स्विटर सहयोग गरेका हुन ।

जाडो बढे संगै विद्यालय जाने बालबालिकाको संख्या घट्ने गर्दछ । सामुदायीक विद्यालयमा अध्यायन गर्ने विपन्न बालबालीका जाडोकै कारण विद्यालय नआउने गरेको अघिल्ला बर्षको तथ्याङकहरुले बताउछ । जस्का कारण शैक्षिक शिकाई कृयाकलापमा गिरावट आउने गरेको शिक्षक शिक्षिकाको भनाई छ ।
विद्यालय परिवारले निजि विद्यालय सरह शैक्षिक शिकाईमा देखाएको अग्रसरताले दाताहरुको मन समेत जित्न थालेको छ । कक्षा ८ सम्म अध्यायन हुने विद्यालयमा २७० विद्यार्थी अध्यायन गर्दै आएका छन । यो विद्यालय आधारभुत तहमा नगरकै बढि विद्यार्थी रहेको विद्यालय हो । जाडो समयमा विपन्न परिवारका बालकलिकाका लागि युवाले गरेको सहयोगले बालबालिका र विद्यालय परिवारमा थप उर्जा मिलेको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष सुमन कुरुङवाङले बताउनु भयो ।
सामुदायीक विद्यलय सुधार अभियानमा रहेको हिरक आधारभुत विद्यालयमा पछिल्लो समय सामुदायबाट ठुलो सहयोग पाएको प्रधानाध्यापक कविता तिम्सिनाले बताउनु भयो । सामाजिक उत्तरदायित्व बहन गर्दै युवा ब्यावसायी सौगात भट्टराईले जस्तै सामुदायीक विद्यालयमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्नु भयो ।
जाडो बढे संगै सामुदायीक विद्यालय अध्यायन गर्न आउने विद्यार्थीको संख्यामा कमि नआओस भन्ने उदेश्यले स्विटर वितरण गरेको भट्टराईले बताउनु भयो ।
















