तराईमा ताेरीखेती गर्ने कृषकहरु उत्साहित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

तराईमा ताेरीखेती गर्ने कृषकहरु उत्साहित

रबिन्द्र बराल/ ३ पुस 
माेरङकाे रंगेली आसपासका खेतहरुमा पहेलै ताेरिकाे फुलहरु देख्न पाईन्छ । पछिल्लो समयमा तोरीको तेलको मूल्य बढ्दा किसान तोरी खेतीमा आकर्षित भएका छन् । अहिले ताेरिकाे मुल्य प्रतिमा मन (४० किलो) को ५ हजार देखि ६ हजार ५ सय रुपैयाँसम्म पुगेको पछि किसानहरुले ताेरी उत्पादनमा आकर्षित हुन थालेका हुन ।

किसानको उत्पादन सहज तरिकाले बिक्रीहुने र उपभोक्ताहरुले घरबाटै खरिद गर्ने भएको हुनाले समेत कृषकहरु अन्य बाली छाडेर ताेरीमा आकर्षित भएका हुन । ताेरीमा कम खर्च र मेहनत समेत कमगर्नु पर्ने भएको हुनाले कृषकहरुकाे ताेरी खेतीमा आकर्षण बढेको हो । रंगेली , दर्वेशा, कालिथान, दलेली,हाेक्लावारी, बेलचाेक लगायतका कृषकहरु ताेरी खेतीमा आकर्षित भएका हुन । ताेरी बालीमा रासायनिक मल तथा किटनासक ओैषधि समेत थाेरी हुदा समेत पुग्ने र मुसाले समेत दुख नदिने भएको र प्रायकसेचनका लागि मैरीले खाईदिने भएको हुनाले अहिले ताेरी खेतीकाे वरपर मैरीपालन व्यवसायले मैरीकाे घार समेत ल्याएर मह उत्पादन समेत गरिरहेका छन ।

स्थानीय डिल्लीराम आचार्यका अनुसार ताेरीमा अन्य बाली भन्दा राम्रो उत्पादन हुने र १ बिधामा ३५ मन सम्म ताेरी उत्पादन हुने र मेहनत समेत कमा हुने र घर परिवारमा समेत कमागर्ने व्यक्ति समेत नहुने भएकोले ताेरीखेती गर्ने सहज भएको र ताेरी बाली पछि हिउँदे घान लगाउन समेत राम्रो हुने आचार्यले बताए ।

कम समयमै उत्पादन हुने र खास्सै झन्झट नहुने भएकाले किसान उत्साहित हुनुका साथै तोरी खेती गर्दा एउटै फाइदा छैन। यसबाट तोरीको साग खान पाइन्छ, तोरीको गुन्द्रुक पनि बनाउन सकिने कमला राजवंशीले बताईन ।

विराटनगर , धरान, ईटहरी जस्तो सहरी क्षेत्रका धेरै उपभोक्ताले तोरीको माग गर्ने गरेकाे कृषक दिपक प्रसाईंले बताए ।

सम्बन्धित खवर