नगर प्रहरी भर्तीमा शंका, सेटअपमा फेल भएकी उमेद्वार बनिन् सफल (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नगर प्रहरी भर्तीमा शंका, सेटअपमा फेल भएकी उमेद्वार बनिन् सफल (भिडियो सहित)

पथरी, १९ मंसिर
मोरङको पथरी शनिश्चरे नगरपालीकामा नगर प्रहरी भर्तीमा पदपुर्ती समिति माथी चलखेल गरेको आरोप आएको छ । नगरले लिएको पहिलो चरणको परिक्षामा फेल भएकी उमेदवारलाई नगर प्रहरीमा छनोट गरेको भेटिएको हो । पटक पटक फेल भएकी एक उमेद्वारलाई ३ पटक सम्म मौका दिएर पास गराएको अन्य उमेदवारको आरोप छ ।

नगरले पहिलो चरणको “शारिरिक तन्दुरुस्ती परिक्षा तथा वेरिङ जाँच” परिक्षामा असफल उमेद्वारलाई लिखित हुदै अन्तर्वाता परिक्षामा सामेल गरि सफल उमेद्वार घोषणा गरेको छ । सबै चरणको परिक्षा सकिए संगै नतिजा प्रकासन भए पछि सफल भएकी उमेद्वार “वेरिङ जाँच” मा असफल भएको भिडियो बाहिरिएको हो ।

नगर जस्तो जिम्मेवार संस्थाले गरेको यत्रो परिक्षामा कम्जोरि देखिएको छ । नगरले प्रविधी युगमा पनि परिक्षा लिदा पछि आउने यस्ता समस्यामा प्रमाण नराखेका कारण निस्पक्ष भए पनि शंका देखिएको छ । खुल्ला मैदानमा भएको उक्ता वेरिङ जाँच पासमा नगरले भिडियो नराखे पनि पब्लिकले खिचेको भिडियो निश्पक्षीय नभएको भन्दै हामीलाई उपलब्ध गराएका थिए ।

नगरले २०८१ भाद्र  २१ मा नगर प्रहरी साहायक निरिक्षक १, नगर प्रहरी जवान २ र महिला नगर प्रहरी १ गरी जम्मा ४ पदमा विज्ञापन खुलाएको थियो । नगरका प्रमुख प्रसासकीय अधिकृत शशी राई आफै संयोजक रहेको पदपुर्ती समितिले परिक्षामा ठुलो लापर्वाही गरेको भिडियो प्राप्त भएको हो । यता सबै चरणको परिक्षामा सफल भएकी उमेद्वार भने बैकल्पीकमा परेकी छन् ।

पदपुर्ती समितिको संयोजक प्रमुख प्रसासकीय अधिकृत शशी राईले परिक्षा निश्पक्ष र स्वच्छ प्रतिस्पर्दाबाट भएको बताए पनि बाहिरिएको भिडियो हेर्दै उत्त वेरिङ जाँच पास छनोट प्रकृया भने इलाका प्रहरी कार्यलय पथरीलाई जिम्मा दिएको बताउदै पन्छिएका छन । प्रमुख प्रसासकीय अधिकृत राईले प्रहरीले दिएको नतिजाको आधारमा प्रकृया अघि बढाईएको बताउदै वेरिङ जाँच पासको जवाफदेहिता प्रहरी हुनु पर्ने बताए ।

यता इलाका प्रहरी कार्यलयबाट जिम्मेवारी पाएका इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले भने ३ पटक सम्म मौका दिएको बताएका छन । एक्तेनले ३ पटक पाएको मौकामा सफल भएको तर यता भिडियो भने दुई पटकको मात्र आएको बताए । अर्को पटक गरेकोमा उक्त उम्मेदवार पास भएको हो यस्मा प्रहरीले कुनै पनि पक्षपात नगरेको प्रहरी निरिक्षक एक्तेनको भनाई छ ।

बाहिरीएको भिडियोमा सफल भएकी उम्मेदवारले वेरिङ जाँच पासमा फेल भएको प्रष्ट देखिन्छ । भिडियोमा असफल भएको प्रष्ट देखी देखी सफल बनाए पछि पदपुर्ती समिति माथी शंका थपिएको छ । परिक्षामा सामेल परिक्ष्याथी र बाहिरी अवलोकन गर्नेहरुले समेत बैकल्पिकमा नाम आएकी नै सबै परिक्षामा उतिर्ण भएकी बताउदै आएका छन ।

नगरको पदपुर्ती समितिले मंसिर ८ देखि १४ गते सम्म विभिन्न पदका उमेदवारको परिक्षा लिएको थियो । तर परिक्षा हुदा रेकड गरिएको भिडियो हेर्दा सफल उमेदवार असफल भएको देखिएको छ । उत्त भिडियो बाहिरिए संगै अन्य उमेद्वारले आवाज उठाएका छन भने पदपुर्ती समिति माथि आर्थिक चलखेल भएको हुन सक्ने शंका उब्जिएको छ । सबै प्रकृयामा सफल हुदै आए पनि नगरले फेल भएको ब्यात्तीलाई छनोट गरेको अन्य उमेदवारले बताएका छन ।

अन्य उमेदवारको साइनोखवर डटकमलाई दिएको सुचना भिडियो हेर्दा समेत प्रतिस्पर्दी उमेदवारहरुले लगाएको आरोप सहि देखिन्छ । अन्य उमेदवारले भिडियोको आधारमा महिला नगर प्रहरीमा पदपुर्ती समितिले चलखेल गरेको आरोप लगाएका छन । नगरलाई के त्यस्तो बाध्यता आईलागेछ र पटक पटक मैका दिदा पनी सहि मापदण्डमा पास हनुनेलाई पास गर्नु पर्यो भन्दै चौतर्फी आलोचना भएको छ ।

सम्बन्धित खवर