पथरी, १६ मंसिर/ बेलबारी खेलकुद प्रवर्द्धन तथा सांस्कृतिक महोत्सव – २०८१ भोलीबाट सुरु हुने भएको छ । बेलबारी नगरपालिका वडा नम्बर ११ को लक्ष्मि खेल मैदानमा १७ गतेबाट १९ दिन लाग्ने महोत्सवमा देशका चर्चित कलाकार देखि स्थानीय कलाकारको प्रतिभा हेर्न पाईने छ ।

महोत्सवमा स्थानीय जातजातीको खानका परिकार चिनाउने, विभिन्न जातजातीका सांस्कृतिक र झाँकी चिनाउने, स्थानीय खेलकुद प्रवर्द्धन तथा व्यवसायको स्तर वृद्धि गर्दै बेलबारी नगरको पर्यटकीय स्थललाई चिनाउने उद्देश्यका साथ महोत्सव संचालन हुन लागेको आयोजकले जानकारी दिएको छ ।
१७ गते हुने उद्घाटन हुने महोत्सवमा गायक सबिन राइको प्रस्तुति रहने महोत्सबका संयोजक नुतन लिम्ब (मादेन) ले जानकारी दिए । महोत्सबमा देशका चर्चित र ख्यातीप्राप्त कलाकार र ब्याण्डहरुको दैनिक प्रस्तुति रहने छ । महोत्सवमा ६५ लाख खर्च हुने र ७० लाख आम्दानी हुने अनुमान गरिएको छ । प्राप्त आम्दानीबाट बिभिन्न सामाजिक कार्यका साथ फुटवल एकेडेमी संचालनमा सहयोग गरिने क्लबका महासचिब शम्भु बस्नेतले बताए । महोत्सव स्थानीय एल. एक्स. सिटी फुटबल क्लबले आयोजना गरेको हो ।


















