पथरी/ १६ मंसिर
मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ई.स्कुलमा भएको दुई दिवशीय कार्यशालामा काठमाण्डौ बिश्वबिद्यालयका प्राध्यापक सहित २ सय बढी शिक्षक सहभागी भएका छन । मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ई.स्कुलको आयोजनामा मंसिर १४ र १५ गते २ दिबसीय शैक्षिक गुणस्तरका लागि (शिक्षक अभिभावक समुदाय र शैक्षिक नेतृत्वको भुमिका ) बिषयक कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालाको पहिलो दिन काठमाण्डौ बिश्वबिद्यालयबाट आएका प्राध्यापकहरुले अभिावकहरु सँग अन्तरक्रिया गर्नुका साथै आफना धारणाहरु राखेका थिए । दोस्रो दिन बेलबारी र छिमेकी पालिकाका शिक्षक शिक्षिकाहरुमो समेत उपस्थितिमा बृहत कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय डिन, प्रोफेसर डा. सन्देश दाश श्रेष्ठ,मोरङ सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह,सुन्दरहरैचाका पुर्ब नगरप्रमुख शिवप्रसाद ढकाल,प्याबसन बेलबारीका अध्यक्ष भगवतीप्रसाद घिमिरे लगायत सहभागी रहेको बिद्यालयका प्रिन्सिपल राजेश बस्नेतले जानकारी दिएका छन ।

बेलबारी तथा सुन्दरहरैंचा नगरपालिका भित्रका विद्यालयहरू बाट प्रधानाध्यापक तथा शिक्षकहरू सहभागी कार्यशालामा काठमाण्डौ बिश्वबिद्यालयका प्राध्यापकहरु मणिराम घिमिरे,राजेश श्रेष्ठ,शिव जैशी,भारती अधिकारी,उतशिखा अधिकारी,पवन अधिकारी,युकेबाट आएकी प्राध्यापक लाउरा लगायत ले प्रशिक्षण दिएको बिद्यालयका अध्यक्ष भुपाल बस्नेतले जानकारी दिए । कार्यशालामा २ सय २३ जना शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो ।
















